काठमाडौ, १४ साउन । कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्। पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले […]
विश्व
एकाविहानै सेनाको बिमान दुर्घटना हुदा बस्तीमा सल्कियो आगो : कम्तिमा १७ जनाको मृत्यु
मित्रराष्ट्र पाकिस्तानको रावलपिन्डीनजिकै रहेको एक आवासीय क्षेत्रमा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । राजधानी इस्लामाबाद नजिक रहेको शहर रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ । स्थानीय संचार माध्यमले जनाए अनुसार सैन्य तालिमका लागि उडाइएको उक्त विमान मंगलवार विहानै आवासीय क्षेत्रका घरहरुमा ठोक्किएको थियो । दुर्घटनाग्रस्त विमानमा लागेको आगो केही घरहरूमा […]
राष्ट्रपतिका उम्मेदवारहरू नै निकै त्रसित
एजेन्सी । अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूले असुरक्षित महसुस गरेका छन् । राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपतिका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरूले असुरक्षित महसुस गरेका हुन् । उपराष्ट्रपतिका उम्मेदवार अमरूल्लाह सालेहको कार्यालयमा भएको आतङ्ककारी हमलामा परी २० जनाको मृत्यु भएको र थुप्रै घाइते भएको घटनापछि उनीहरूले सुरक्षाको खतरा महसुस […]
एलर्जीको विरामी भएर अस्पताल पुगेका प्रतिपक्षी नेता उपचारपछि सिधै जेल
एजेन्सी । रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’ को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ । नाभाल्नीका निजी वकिल तथा चिकित्सकले भने उनलाई अज्ञात विषाक्त तत्व दिइएको सूचना उनले उपचार गरेको अस्पताल नम्बर ६४ बाट गोप्यरूपमा प्राप्त गरेको दाबी गरेका छन् । नाभाल्नीको स्वास्थ्य अवस्थामा समस्या रहेकै समय पुनः […]
चार विद्यार्थीसहित पाँच प्रदर्शनकारी प्रहरीको गोली लागेर मारिए
एजेन्सी । सोमबार भएको एक प्रदर्शनमा सहभागीमध्ये पाँच जनाको गोली लागेर मृत्यु भएको छ । सुडानमा मृत्यु भएकामध्ये चार जना विद्यार्थी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा अन्य कैयौँ घाइते भएका छन् । प्रदर्शनकारीहरूले सोमबार मध्य सुडानमा प्रदर्शन गरेका थिए । “अल—ओबेइडमा शान्तिपूर्ण प्रदर्शन भइरहेका बेला हामीमाथि गोली प्रहार भयो, गोली लागी पाँच जना […]
चीन र अमेरिकाबीच एकपछि अर्को तनाव बढ्दै, आखरि किन चीनसँग निहुँ खोज्दैछ अमेरिका
एजेन्सी । अमेरिकाद्वारा चीनलाई विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ । यसैहप्ता महत्वपूर्ण व्यापार वार्ता गर्ने तयारी भइरहेको अवस्थामा अमेरिकाले चीनलाई डब्लूटीओको विकासोन्मुख राष्ट्रको मान्यता प्राप्त अवस्थाबाट हटाउने चेतावनी दिएको र यसको चीनद्वारा सशक्त प्रतिकार […]
पहिरोमा परी ३८ को मृत्यु
गुइयाङ,१३ साउन । चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ । दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् । स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ […]
अफगान राष्ट्रपतिका सहयोगीको कार्यलयमा आक्रमण, बीसको मृत्यु
काबुल, १३ साउन । अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ । सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए । आइतबार अफगान प्रहरीले दिएको सूचनाअनुसार आक्रमणमा दर्जनौँ घाइते भएका थिए । आइतबार रातिसम्म पनि आक्रमण जारी […]
ओमानमा कार्यरत खान र गुरुङले किन गरे एकैदिन आत्महत्या ?
मस्कट । ओमानको राजधानी मस्कटको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत अहमद खान परिवर्तन गरेको नाम ले आफु बस्ने कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।एक बहुचर्चित सुपरमार्केटमा काम गर्ने अहमदको घर झापा भएको र उनी बिगत चार बर्ष देखि वैदेशिक रोजगारीका सिलसिलामा ओमानमा रहेको बताईएको छ । निजका आफन्तले नै सव नेपाल नपुग्दै परिचए नखोल्न हामीलाई आग्रह […]
अफगानी राष्ट्रपतिद्वारा निर्वाचन प्रचार प्रसार सुरु
काबुल, १२ साउन । अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचार प्रसार अभियान सुरु गरेका छन्। युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । राष्ट्रपति निर्वाचनका लागि घानीसहित कूल १८ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । आइतबारदेखि सुरु भएको प्रचार प्रसार अभियान झण्डै […]










