हङकङ-चीन बुलेट ट्रेन सुरु

हङकङ । हङकङलाई चीनको मूख्य भूमिसँग जोड्ने बुलेट ट्रेन सुरु भएको छ । स्वतन्त्र हङकङ पक्षधर र केही अधिकारवादीको विरोधका बीच यो रेल सेवा सुरु भएको हो । यो एक्सप्रेस बुलेट रेलले हङकङलाई चीनको दक्षिणी शहर ग्वान्जाउसँग जोडेको छ । यो रेलमार्फत हङकङबाट ग्वान्जाउ पुग्न ४० मिनेटमात्रै लाग्छ । तर विवादास्पद कुरा के छ भने यो […]

तान्जानियामा भयानक फेरी दुर्घटना, ४२ जनाको मृत्यु, ३२ को अवस्था चिन्ताजनक

काठमाडौं । तान्जानियाको भिक्टोरिया तालमा भएकाे फेरी दुर्घटनामा कम्तीमा ४२ जनाको ज्यान भएको छ भने कैयन हराइरहेका छन् । तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको छ । जसमध्ये ३२ को अवस्था चिन्ताजनक छ । बिहीबार उकारामा दुर्घटनामा परेको एमभी नेरेरे नाम दिइएको फेरीमा झण्डै ४ सय जना रहेको र झण्डै […]

महान्यायाधिवक्त विरुद्ध किन खनिए ट्रम्प ?

वासिंटन ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताएका छन् । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वातामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताएका हुन् । उनले सेसन्सले उठाएको प्रवासीको […]

दक्षिण कोरियामा लाखौ मानिसहरु विश्वशान्तिको कामना गर्दै उर्लिए

इन्चोन, २ असोज । कोरियन प्रायदिपमा शान्तिको आशा छर्दै दक्षिण र उत्तर कोरियाका राष्ट्रप्रमुखले उत्तरकोरियाको राजधानी प्योङयाङमा हात मिलाइरह दक्षिण कोरियाको इन्चोन सहरमा विश्व शान्तिको घोषणा गर्दै लाखौ मानिसहरु जम्मा भएका छन् । दुई लाखभन्दा बढी मानिसहरुले कोरियन प्रायदिपका बीच शान्तिपूर्ण एकिकरण, विश्व शान्तिको घोषणा र युद्धको अन्तको माग गर्दै प्रदर्शन समेत गरेका छन् । […]

फिलिपिन्समा शक्तिशाली आँधी: १४ जनाको मृत्यु, ५० लाख प्रभावित

काठमाडौं ।  फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ । लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी अब पश्चिम चीनतर्फ अघि बढेको छ । आँधीले फिलिपिन्सका कयौं घरका छाना उडाएको छ भने ४२ स्थानमा पहिरो गएको छ । आँधीसँगैको भारी वर्षाका कारण […]

इन्धनको मूल्य बढाएको विरोधमा कांग्रेस आईले गर्‍यो भारत बन्द

काठमाडौं ।  पेट्रोल डिजेलको बढ्दो मूल्यको विरोधमा कांग्रेस आईले आज भारत बन्द आह्वान गरेको छ । भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्‍यो । मुम्बईम कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको […]

सुरक्षाकर्मीको घेरामा रहेका राष्ट्रपतीका उम्मेदवारमाथि छुरा प्रहार

काठमाडौं । ब्राजिलको राष्ट्रपती चुनावका उम्मेदवारमाथि छुरा प्रहार भएको छ । अर्को महिना हुने चुनावका मुख्य प्रतिष्पर्धी मानिएका जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको हो । दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा बोल्सोनारोमाथि पेटमा छूरा प्रहार भएको थियो । छूरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । सुरक्षाकर्मी तथा समर्थकले […]

सैन्य गुप्तचरबाटै आफ्नो हत्या प्रयास भएको प्रधानमन्त्री टेरिजा मेको आरोप

काठमाडौं ।  बेलायती प्रधानमन्त्री टेरिजा मेले पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयास दुई रुसी सैन्य गुप्तचर अधिकारीहरूले गरेको खुलासा गरेकी छन् । बेलायती संसदमा बोल्दै उनले रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास गरेको आरोप लगाएकी हुन् । उनले रुसी सरकारको उच्च तहबाटै हत्याको प्रयास गराएको आरोपसमेत […]

‘क्रान्तिकारी सन्त’ तरुण सागरको निधन

काठमाडौं । ‘क्रान्तिकारी सन्त’ भनेर चिनिने भारतका जैन मुनि तरुण सागरको निधन भएको भएको छ । उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए । भारतीय समयअनुसार शनिबार बिहान सवा तीन बजे दिल्लीको शाहदरास्थित कृष्णानगरमा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । लामो समयदेखि औषधिको असर देखिन छाडेपछि उनले थप उपचार गर्न इन्कार गरेका थिए […]

अमेरिकामा भएको बस दुर्घटनामा परी ८ को मृत्यु, दर्जन बढी घाइते

अमेरिकाको न्यु मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु केही घाइते भएका छन् । न्यु मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएका हुन् । लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको हो । लरीका ड्राइभर घाइते भएका छन्, तर उनको अवस्था खतरामुक्त रहेको स्थानीय सञ्चारमा माध्यमलाई […]