एडेन, १७ साउन । दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण भएको छ । यस आक्रमण्मा परी कम्तीमा ४७ […]
विश्व
पुरुष अभिभावकको अनुमति बिना नै महिलाले यात्रा गर्न पाउने
रियाद, १७ साउन । साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलोचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जानकारी दिएको छ । बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि […]
जापानमा दुई जनालाई मृत्युदण्ड
टोकियो, १७ साउन । जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ । यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो । जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका […]
कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप
सियोल, १७ साउन । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गरेका छन् । उनले जापान सरकारको कदम निकै असंवेदनीय रहेको बताउँदै कोरियाले जापानी कदमको प्रतिवाद गर्ने स्पष्ट गरे । मन्त्रिपरिषदको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति मूनले भने, “टोकियोको कदम स्वार्थप्रेरित, ध्वंसात्मक कार्य रहेकाले […]
गोलि हानि एकै परिवारका छ जनाको हत्या
जाग्रेभ, १७ साउन । क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती शंकास्पद व्यक्तिले पूर्व प्रेमिका र एक बालक सहित उनको परिवारका चार जनालाई गोली हानी हत्या […]
इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द
गोमा, कंगो, १६ साउन । अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ । छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो । कंगोका राष्ट्रपतिको कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रुपमा नाका बन्द गरेको उल्लेख छ […]
यमनमा १७ प्रहरी मारिए
दुबई, १६ साउन । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका चिकित्सकहरुले बताएका छन् । यमनको राजधानी शहर कब्जा गरेर बसेका हुथी विद्रोही समूहले एडेनको पश्चिम भागबाट २० किलोमिटर टाढा रहेको अल जाला […]
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता
वासिङ्टन, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच द्विपक्ष्ीाय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको छ । राष्ट्रपति ट्रम्पले साइबेरियामा लागेको भीषण डढेलोप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए । साथै दुबै मुलुकबीचको व्यापारका विषयमा पनि छलफल भएको […]
इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, अमेरिका डरायो– इरान
वासिङ्टन, १६ साउन । संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ । अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका एजेन्डाको जथाभावी पक्षपोषण गरेको […]
विद्रोहीको आक्रमणमा १७ प्रहरी मारिए
दुबई, १६ साउन । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका चिकित्सकहरुले बताएका छन् । यमनको राजधानी शहर कब्जा गरेर बसेका हुथी विद्रोही समूहले एडेनको पश्चिम भागबाट २० किलोमिटर टाढा रहेको अल जाला […]










