चाडमा साम्प्रदायिक झडपमा ३७ जनाको मृत्यु

एनजमेना, चाड, २४ साउन । पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार बताएका छन् ।

“पूर्वी चाडमा हप्ताभर भएका साम्प्रदायिक झगडाले उग्ररूप लिएपछि यो राष्ट्रिय चासोको बिषय बनेको छ,” अफ्रिकी मुलुक चाडका राष्ट्रपति देबाइले भने । स्वतन्त्रता दिवसको अवसरमा गरेको पत्रकार सम्मेलनमा राष्ट्रपतिले उक्त कुरा व्यक्त गरेका हुन् ।

उनले भने, “विगत तीन दिनमा चाडको पूर्वी क्षेत्र क्वाडीमा ३७ जनाको मृत्यु हुनेगरी भएका साम्प्रदायिक दङ्गाबाट सरकार दःुखी बनेकोे छ ।”

ऊँट पाल्ने किसान र खेतीमा आश्रित किसानबीच झगडा भएको बताइएको छ । उक्त स्थान सुडानको सीमाक्षेत्रमा रहेको छ ।