अस्पतालबाट बच्चा चोर्ने भारतीय गिरोह पक्राउ, तीन नवजात शिशुको उद्दार

नयाँदिल्ली, २४ चैत । भारतकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले देशभर बाल बेचबिखन गर्ने गिरोह पर्दाफास गरेको छ ।  अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो । तीमध्ये दुई जना बालक छन्, जसमध्ये एउटा डेढ दिनको र अर्को १५ […]

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

काठमाडौँ २१ चैत्र  । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । जुआन भेनेजुएलाका बासिन्दा थिए । फेब्रुअरी २०२२ मा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो ।त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले जुआनको मृत्युको घोषणा […]

नेपाल ए को उत्कृष्ट बलिङ, आयरल्याण्ड वोल्भ्स १५७ रनमा अल आउट

काठमाडौँ २१ चैत्र ।     आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई १५८ रनको लक्ष्य दिएको छ ।  आजदेखि शुरु भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको हो । आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।  आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ […]

२५ बर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ , २१ चैत्र । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ । भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन् । अहिले पुनर्निर्माणको काम […]

चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम ‘शिव शक्ति पोइन्ट’

  काठमाडौँ । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई ‘शिव शक्ति’ पोइन्ट भनिने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई ‘शिवशक्ति प्वाइन्ट’ नामकरण गरेका थिए । सो नामलाई घोषणा भएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय खगोलीय संघले अनुमोदन गरेको छ । चन्द्रयान-३ जुलाई १४ मा बह्र्त्को […]

पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको यस्तो सन्देश

pakistan sandesh

काठमाडौं । मित्र राष्ट्र पाकिस्तानको ८४ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराउने कार्यक्रमको आयोजना गरिएको छ । शनिवार आयोजित उक्त कार्यक्रममा राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । सो अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको छ । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले […]

रूसको राजधानी मस्कोमा आतंकवादी हमला : ४० को ज्यान गयो, सय बढी घाईते

मस्को, ९ चैत । रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको […]

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

भारतमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । घरमा दुई घन्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले राति पक्राउ गरेको बताइएको छ । मुख्यमन्त्री […]

अनेसासले आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पर्तुगलमा सम्पन्न गर्यो

मार्च ८-१०, २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सञ्चालन भई आइतबार सम्पन्न सम्मेलनले आठबुँदे लिस्बन घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली […]

शाहबाज पाकिस्तानको २४ औं प्रधानमन्त्री

पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् । शहबाज सरिफ २०१ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । पीएमएल-एनका अध्यक्ष शहबाज शरीफ २०१ मत प्राप्त गर्दै पाकिस्तानको २४औँ प्रधानमन्त्री निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले घोषणा गरेका छन् । प्रधानमन्त्रीका लागि पीटीआईका उम्मेदवार ओमर अयुब खानले ९२ मत प्राप्त गरे । […]