सुषमा स्वराजको नाममा छन् कैयौं कीर्तिमान, हेर्नुहोस्


२२ साउन, एजेन्सी । सन् १४ फेबुअरी १९५२ मा जन्मिएकी सुषमा स्वराजको नाममा कैंयौं कीर्तिमानहरु रहेका छन् जसलाई भारत र भारतीयहरुले याद गरिरहनेछन् ।

स्वराज सन् १९७७ मा जब २५ वर्षकी थिइन्, त्यतिबेला उनी भारतकै सबैभन्दा कम उमेरकी क्याविनेट मन्त्री बनेकी थिइन् ।

उनले १९७७ देखि १९७९ सम्म सामाजिक कल्याण, श्रम तथा रोजगार जस्ता ८ मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । त्यसपछि २७ वर्षको उमेरमा सन् १९७९ मा उनी हरियाणामा भारतीय जनाता पार्टीको राज्य अध्यक्ष बनेकी थिइन् ।

फेरी, भारतीय राजनीतिक पार्टीको पहिलो महिला प्रवक्ता बन्ने गौरव समेत स्वराजको नाममा छ । यस बाहेक स्वराज पहिलो ममुख्यमन्त्री, केन्द्रीय मुख्यमन्त्री तथा विपक्षी दलको पहिलो नेता हुने पनि गौरव प्राप्त गरेकी थिइन् ।

इन्दिरा गान्धी पछि विदेश मन्त्रालय सम्हाल्ने स्वराज दोस्री महिला थिइन् । बितेको चार दशकमा उनले ११ चुनाव लडेकी थिइन् । जसमा तीन चोटी विधानसधा चुनाब लडेर जितेकी थिइन् । उनी सात चोटी सांसद भइसकेकी थिइन् ।

भारतका पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

Loading...