जातीय हिंसा भड्किदा ११ को मृत्यु

एजेन्सी । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन्। स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ। मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका […]

इथोपियाको राजधानी एडिस अबाबामा विश्व शान्ति सम्मेलन

काठमाडौं । अफ्रिकी मुलुक इथाेपियामा विश्व शान्ति सम्मेलन हुने भएकाे छ । लामाे समयसम्म गरिबी र द्वन्द्वकाे मारमा गुज्रेदै अाएकाे देश इथाेपियाकाे राजधानी सहर अडिस अबाबामा याे सम्मेलन हुने भएकाे हाे । दुई महिनाअघि मात्र इथियोपियामा भएको वम आक्रमणमा परी धेरैकाे हताहती भएको थियो । विश्वशान्तिका लागि काम गर्दै अाएकाे दक्षिण काेरियामा मुख्यालय रहेकाे अन्तराष्ट्रिय […]

जिम्बाब्बे राजधानीमै ठूलो झडप, प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु

काठमाडौं । जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको ज्यान गएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको हो । विपक्षी गठबन्धन एमडीसीले प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेर पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जस्तै तानाशाह शैली अपनाएको आरोप लगाएको छ । तर […]

मेक्सिकोमा एकाबिहानै विमान दुर्घटना

अमेरिकी मुलुक मेक्सीकोमा बुधबार बिहान विमान दुर्घटना हुँदा ८५ जना घाइते भएका छन्। दुरांगो राज्यमा धावनमार्गबाट उडिसकेको विमान दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित विमानमा १ सय १ जना सवार थिए। बीबीसीका अनुसार घाइते ३७ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको दुरांगो राज्यका गभर्नर जोसे अइस्पुरोले […]

विश्व हेलिकोप्टर सम्मेलन हुँदै

काठमाडाैं । बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने […]

धमाधम परमाणु परीक्षण केन्द्र नष्ट गर्दै उत्तर कोरिया

काठमाडाैं । उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणा गर्ने प्रमुख क्षेत्रको केही भाग नष्ट गर्न सुरु गरेको छ । उत्तर कोरियाले देशको उत्तर–पश्चिममा रहेको सोहाए परमाणु परीक्षण केन्द्रको केही भाग नष्ट गर्न सुरु गरेको हो । अमेरिकाको निगगरानी समूह ३८ नर्थले जारी गरेको स्याटेलाइट तस्बिरमा सोहाए स्टेशनको केही भाग नष्ट गर्न सुरु गरेको देखिएको छ । […]

अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला पक्राउ

काठमाडौं ।  अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ परेकी छन् । रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ । अमेरिकी सन्चारमाध्यमहरुकाअनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । उनी रुसी सरकारको उच्च अधिकारीहरुको निर्देशनमा काम गरिरहेकी थिइन् । अमेरिकी राष्ट्रपति […]

एकै परिवारका ६ जनाले गरे आत्महत्या

काठमाडौं ।  भारत झारखण्डमा एक परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् । झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो । घरबाट प्रहरीले ६ वटा सुसाइड नोट पनि फेला पारेको जनाएको छ । रातो रंगको कागजमा रहेको सबै सुसाइड नोटमा आफूहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको जनाइएको छ । […]

एकै मुद्दामा जेल परेका बाबुलार्इ क, छोरीलार्इ ख श्रेणीको सुविधा

काठमाडाै । लन्डनबाट स्वदेश फर्केलगत्तै शुक्रबार पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई ‘क’ श्रेणीको कैदीको सुविधा प्रदान गरिएको छ । नाम उल्लेख नगर्ने सर्तमा रावलपिन्डीस्थित अडियाला जेलका एक अधिकारीले शरिफकी छोरी मरियमलाई भने ‘ख’ श्रेणीको कैदीको सुविधा दिइएको जनाएका छन् । जेल अधिकारीहरूका अनुसार ‘क’ श्रेणीअन्तर्गत उच्च सरकारी अधिकारीहरूबाहेक पूर्वसंघीय मन्त्री र विगतमा बढी कर तिर्ने गरेकाहरूलाई […]

ह्वाट्स एपको गलत म्यासेजले गाउँलेद्वारा गाडीमा हमला, १ इञ्जिनियरको मृत्यु

नयाँ दिल्ली । आज भोली सामाजिक सञ्जाल दुरुपयोगले मान्छेको ज्यानै जाने घटनाहरु समेत घट्न थालेका छन् । भारतको कर्नाटकमा यस्तै एउटा घटना भएको छ । एक जना व्यक्तिले ह्वाट्स एपमा गलत म्यासेज पठाउदा बच्चा चोरी गरेको शंकामा मानिसहरुको जमातले एउटा गाडीमाथि हमला गरेका छन्। हमलामा परी गाडीमा सवार एक व्यक्तिको कुटपिटबाट मृत्यु भएको छ । […]