जम्मू–कश्मीरमा अझै टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध

काठमाडाैं । स्वायत्तता खोसिएको भारत प्रशासित जम्मू–कश्मीर अझै पनि सञ्चार सम्पर्कबाट पूर्णतः बिच्छेद अवस्थामा छ । आइतबार बेलुकादेखि बन्द भएको ल्याण्डलाइन फोन, मोबाइल सेवा तथा इनटरनेट सेवा अझै सुचारु गरिएको छैन ।

राज्यका मुख्य क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तैनाथ भएका छन्। स्थानीय नेताहरु पक्राउ परेका छन्। भारत सरकारले संविधानको धारा ३७० प्रभावहीन घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खोसेको थियो ।

Loading...