१० साउन । यसैहप्ता केही अघि भारतको उत्तराखण्ड राज्यस्थित १३२ गाउँहरूमा गत तीन महिनामा कुनै पनि बालिकाको जन्म नभएको भन्ने विवरणहरू सार्वजनिक हुँदा चिन्ता व्यक्त हुनुका साथै यस विषयमा सरकारले अनुसन्धान थालेको छ। उत्तरकाशी क्षेत्रका ती केही गाउँहरूमा छोरीको जन्म नभएको भन्ने विवरणहरू आएका थिए, जुन क्षेत्रमा ५५० गाउँ र ५ वटा नगरमा झण्डै चार […]
विश्व
भूतप्रेत भगाउन भन्दै आमाले गरिन् छोरीको दर्दनाक हत्या
१० साउन, एजेन्सी । भूतप्रेत भगाउन भन्दै एक महिलाले नाबालक छोरीको क्रूर हत्या गरेकी छन् । क्यालिफोर्नियाकी एक महिलाले प्रेत भगाउन भन्दै आफ्नी ३ वर्षकी छोरीलाई १० घण्टासम्म तातो कार भित्र राखेर तड्पाइ तड्पाइ हत्या गरेकी हुन् । छोरीको क्रूर हत्या आरोपमा पक्राउ परेकी उनलाई अदालतले २५ वर्षको जेल सजायको फैसला गरेको छ । प्रहरी […]
‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’
सियोल, १० साउन । उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् । उत्तर कोरियाले बिहीबार […]
फेडएक्सको सामान आफुले नरोकेको चीनको दावी
बेइजिङ, चीन, १० साउन । संयुक्त राज्य अमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ । अमेरिकी कम्पनी फेडएक्सले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका चीनमा आउनुपर्ने सामानको कम्तीमा १०० पाकेटलाई रोकेर राखेको हुनसक्ने अनुसन्धानले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले उक्त कम्पनीद्वारा […]
भदौंको अन्तिम साता मोदी नेपाल आउने
काठमाडौं, १० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते सेप्टेम्बर १७ देखि २० तारिख हुने उनको भ्रमणको तयारीका […]
अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको कानून ब्युतिदैँ, पहिलो चरणमा ५ जनालाई मृत्युदण्ड दिइँदै
१० साउन, एजेन्सी । संयुक्त राज्य अमेरिकाले १६ वर्षपछि मृत्युदण्ड कानून कार्यान्वयन गर्ने भएको छ । अमेरिकाले १६ वर्षपछि मृत्युदण्डको सजाय पाएकाहरूको सजाय कार्यान्वनय फेरि सुरु गर्ने भएको हो । त्यहाँको न्याय मन्त्रालयले यस्तो घोषणा गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले एउटा वक्तव्य जारी गर्दै त्यहाँको ब्यूरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीहरूको मृत्युदण्डको मिति तय गर्न […]
ट्युनिसियाली राष्ट्रपति एसेब्सीको निधन
ट्युनिस, ट्युनिसिया, ९ साउन । उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बयानब्बे बर्षीय एसेब्सी प्रजातान्त्रिकरूपमा निर्वाचित भएका पहिलो ट्युनिसियाली राष्ट्रपति थिए । उनी हाल सत्तामा रहेका बेलायतकी महारानी पछि सबैभन्दा पाका राष्ट्रप्रमुख थिए । लामो समयसम्म सत्तामा रहँदै आएका दर्जनौँ अरबेली तथा […]
चीनमा अनाथ बालबालिकाको हेरचाह गर्ने ‘लभ मदर’लाई जेल
एक सय १८ जना अनाथ बालबालिकालाई पालेर कुनैबेला समाजसेवीका रूपमा चर्चित एक ५४ वर्षीया चिनियाँ महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ। हेवेइ प्रान्तको अदालतले ली यान्सीआलाई बुधवार जबर्जस्ती असुली, धोकाबाजी, जालसाजी र सामाजिक व्यवस्था विथोलेको आरोपमा सजाय तोकेको हो। कुनै बेला अनाथालय चलाएर ‘लभ मदर’ अर्थात प्रेममयी आमाको उपनाम पाएकी लीलाई तीन लाख ८८ […]
चन्द्र अभियानका तीन भिडियो महँगो मूल्यमा विक्री
९ साउन, एजेन्सी । ५० वर्ष अगाडि सन् १९६९ जुलाई २० तारिखका दिन चन्द्रमामा पहिलो पटक मानवले पाइला टेकेको भिडियो महंगो मूल्यमा विक्री भएको छ । लिलामीमा राखिएको चन्द्र मिसनसँग जोडिएका तीन भिडियो टेप १ दशमलब ८२ मिलियन डलरमा विक्री भएको हो । त्यतिबेला निल आर्मस्ट्रङ्गले चन्द्रमामा पहिलो पटक मानव पाइला राखेका थिए भने उनीसँगै […]
म्यान्मारमा डुंगा दुर्घटना हुदा १३ तिर्थालुको मृत्यु
याङ्गुन, ९ साउन। म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन् । म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुङ्गामा २५ जना सवार रहेका थिए । महालाइङ नगरमा रहेको एउटा बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ (जिता) भन्ने स्थानमा डुङ्गा पल्टिएको थियो । मन्त्रालयको […]










