खमेर रूजका पूर्वनेता न्योन चेअको निधन

एजेन्सी । खमेर रूजका पूर्वप्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको कम्बोडियाली अदालतका एक प्रवक्ताले जानकारी गराए । उनी ९३ वर्षको थिए ।

डेमोक्रेटिक खाम्पुचेअ अर्थात् खमेर रूजका वरिष्ठ नेता तथा पूर्वप्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको छ ।

“बुढ्यौलीका कारण उहाँमा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उपचारका लागि उहाँलाई गत जुलाई २ तारिखदेखि खमेर सोभियत फ्रेन्डसिप अस्पतालमा भर्ना गरिएको थियो,” प्रवक्ता नेथ फेअत्राले भने ।

कम्बोडियाको अदालतको विशेष कक्षमा कैदी जीवन बिताउँदै आएका चेअलाई उनी सत्तामा रहेका समय (सन् १९७५ देखि १९७९ सम्म) जातीय संहार, मानवताविरोधी अपराध तथा जेनेभा महासन्धी–१९४९ विरोधी कार्य गरेको आरोपमा सन् २००७ मा पक्राउ गरी जेल चलान गरिएको थियो ।

Loading...