बेलायति प्रधानमन्त्री जोन्सनद्वारा ब्रेक्जिटको बचाउ

लन्डन, ९ साउन। बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताएका छन् । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै आफू ब्रेक्जिटको विषयलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट गरे । बुधबार प्रधानमन्त्री पदको सपथ लिएका जोन्सनले पूर्व प्रधानमन्त्री […]

उत्तर कोरियाली एयर कोर्योको मकाउ उडान

हङकङ, ९ साउन। उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर कोर्योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा शुरु गर्न लागेको छ । मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर कोर्योलाई उडान अनुमति दिएको हो । उत्तर कोरियाली बिमान सेवा एयर कोर्योले हाल चीनको बेइजिङ र शेनयाङ तथा रुसको भ्लाडिभोस्तकमा मात्र उडान गरिरहेको छ […]

चीनमा भिषण पहिरोमा परी १५ को मृत्यु

गुइयाङ,९ साउन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ । अझै ३० जना वेपत्ता रहेका छन् । मङ्गलबार राती ९ः२० बजे सो क्षेत्रमा […]

मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु

क्वालालम्पुर, ९ साउन । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः शुरु भएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गरेका थिए । तर रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती गरेसँगै करिब […]

उत्तर कोरियाद्वारा शक्तिशाली क्षेप्यास्त्र परिक्षण

सियोल, ९ साउन। उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो । दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बताएका छन् । दक्षिण कोरियाली र अमेरिकी गुप्तचर […]

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

काबुल, ९ साउन । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ । अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ती वार्ताको प्रयास जारी रहृेको यस अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ । पूर्वी काबुलमा स्थानीय समयाअनुसार बिहीबार […]

जब महिला आयोगकी प्रमुखले नै बालिका बलात्कारको भिडियो सामाजिक सञ्जालमा शेयर गरिन्

९ साउन, एजेन्सी । महिला आयोगकै प्रमुखले एकजना बालिकाको बलात्कार भएको भिडियो सार्वजिक गरे के होला ? यस्तै भएको छिमेकी मुलुक भारतमा । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालीवाल मंगलबार ट्वीटरमा एक बालिका बलात्कारको पुरानो भिडियो शेयर गरेर विवादमा घेरिएकी छिन् । विवादपछि मालीवालले भिडियोलाई डिलिट गरेर माफी मागेकी छिन् । उनले शेयर गरेको भिडियोमा […]

बोरिस जोनसन बने बेलायतको नयाँ प्रधानमन्त्री

९ साउन, एजेन्सी । बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री चुनिएका छन् । सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले बेलायतको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका हुन् । बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गरेका थिए । त्यसक्रममा आफूलाई महारानीले नयाँ सरकार गठन […]

दक्षिण सिरियामा इजरायलको आक्रमण

दमासकस, ८ साउन । सिरियाको दक्षिण भागमा पर्ने दराआ प्रान्तमा बुधबार इजरायलले आक्रमण गरेको राज्यद्धारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । तर यस आक्रमणमा परी मानवीय क्षति भने नभएको बताइएको छ । सिरियाली सैन्य चौकीहरु रहेका अलहराह पहाडी इलाकामा उक्त हवाई आक्रमण भएको यहाँका सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त पहाडी इलाकामा सिरियाली सैनिकका […]

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

बेइजिङ, ८ साउन । चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ । बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ । सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वाधिक ठूलो सेना र […]