कुन्दुजमा एकाबिहानै हिंसात्मक झडप, १९ प्रहरीको मृत्यु, पाँच घाइते

काठमाडौं।  अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन् । विद्रोहीले आगामी हप्ता देखि लागू हुने गरी युद्धविराम गरेको घोषणा गर्नुपूर्व गरेको आक्रमणमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ भने केही घाइते भएका छन् । […]

ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

एजेन्सी । ग्वाटेमालामा शक्तिशाली ज्वालामुखी विस्फोटमा परि हराइरहेका खोजी तीब्र पारिएको छ । अग्नी नियन्त्रकलाई सेनाले समेत सघाइरहेको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेको संख्या ६२ पुगे पनि यो संख्या बढ्न सक्ने आशंका गरिएको छ । ज्वालामुखी विष्फोटका कारण प्रभावित हजारौं मानिसलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा […]

पाकिस्तानी सेनाले भन्यो- भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना छैन

काठमाडौं।  पाकिस्तानका एक उच्च सैन्य अधिकृतले भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना नरहेको बताएका छन् । पाकिस्तानी सेनाको सञ्चार विभागका प्रमुख मेजर जनरल आसिफ गफुरले दुवै मुलुक परमाणु शक्ति सम्पन्न भएकाले युद्धको कुनै सम्भावना नभएको बताए । रावलपिण्डीका पत्रकार सम्मेलन गर्दै मेजर जनरल गफूरले नियन्त्रण रेखामा भारतले सन् २०१७ र २०१८ बीच सबैभन्दा बढी युद्धविराम […]

ज्वालामुखी विस्फोट हुँदा ७ को मृत्यु, ३ सय बढी घाइते, सयौ घर जले

काठमाडाैं, २१ जेठ । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैकाे गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए) […]

पशु चोर्न २५ जना किसनाको हत्या

काठमाडौँ।  सुन्दा पनि विश्वास नलाग्ने तर सत्य घटना पशु चोर्न किसनाहरुको नरसंहार । यो घटना नाइजेरियाको हो । उत्तरी राज्य जाम्फरामा पशु चोरहरुले २५ भन्दा बढी मानिसको हत्या गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जानोका गाउँमा मोटरसाइकलमा आएका पशु चोरहरुले अन्धाधुन्ध गोली हान्ने र किसानहरुको घरमा आगो लगाएका थिए । राज्य सरकारले विगत सात वर्षमा […]

यसरी बनाइदैछ मानव र मेसिनलार्इ जोडेर सुपरह्यूमन

काठमाडाैं । जीवित तन्तु (टिस्यु) र यन्त्र (मेसिन) बीचको समन्वयबाट वैज्ञानिकहरूले सामान्य मानवको सीमाहरू भन्दा धेरै भौतिक क्षमता भएको सर्वोच्च मानव (सुपरह्युमन)को निर्माण सम्भव बनाउने नयाँ अनुसन्धानलाई थप बलियो पारेका छन् । ह्युमन रोबोटको विकसित रूप हाइब्रिडलाई ठूलो परिमाणमा यथार्थ बनाउन सकिने सफलता जापानी वैज्ञानिकहरूले प्राप्त गर्न सक्ने देखिएको छ । जापानी वैज्ञानिकहरूले रोबोटको कंकाल […]

उत्तर कोरियासँगको वार्ता तोकिएकै समयमा हुन्छ – ट्रम्प

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता जुन १२ मा हुने भएको छ । यसअघि अमेरिकाले उत्तर कोरियासँगको वार्ता रद्द गरेको जनाएको थियो । उत्तर कोरियाले कटुतापूर्ण सम्बन्ध देखाएको भन्दै अमेरिकाले वार्ता रद्द गरेको थियो । अमेरिका पुगेको उत्तर कोरियाको टोलीसँग अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले वार्ता तोकिएकै समयमा […]

विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्रीको कुर्सी नै धरापमा

काठमाडौं ।  स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ । […]

गोली हानेर हत्या गरिएका पत्रकार २४ घण्टामा जब दुरुस्तै घर फर्किए

काठमाडाैं । रुसका चर्चित खोज पत्रकार अर्काडी बबचेन्कोको हत्या भएको खबर झुठ साबित भएको छ । पछिल्लो जानकारी अनुसार युक्रेनले एक योजना अन्तर्गत मंगलबार पत्रकार अर्काडी बबचेन्को हत्या भएको सम्बन्धी झुठो खबर फैलाएको थियो । मंगलबार अबेर ४१ वर्षका पत्रकार अर्काडी बबचेन्को युक्रेनको राजधानी किएभमा गोली हानी हत्या भएको खबर आएको थियो । त्यसमा भनिएको […]

पहिलो पटक उत्तरकोरियाली नेता अमेरिका पुगे, अमेरिकी विदेशमन्त्रीबीच

काठमाडाैं, १७ जेठ । उत्तर कोरियाली शासक किम जोङ उनको ‘दाहिने हात’ मानिने जनरल किम योङ चोलले न्युयोर्कमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेट गरेका छन्। अमेरिका र उत्तर कोरियाबीच आगामी शिखरवार्ताको तयारीबारे छलफल गर्न जनरल किम बुधबार बेइजिङ हुँदै अमेरिका पुगेका हुन्। बिहीबार पुनः पोम्पेओ र जनरल किमबीच भेट हुनेछ । आगामी जुन १२ मा […]