उत्तर कोरियाले बनायो पनडुब्बी

प्योङयाङ, ७ साउन । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् । उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ । यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ । केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको […]

हवाइ आक्रमणमा समूह कमाण्डरसहित तीन मारिए

लासकार गाह, ७ साउन अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ । जारी विज्ञप्तिका यस हवाइ आक्रमणमा मारिएका तालिबान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ […]

इमरान खानको खुलासा: पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए

वासिङ्टन, ७ साउन । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको खुलासा गरेका छन् । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश […]

दोस्रो प्रयासमा भारतद्वारा चन्द्रयान – २ को सफल प्रक्षेपण

६ साउन, एजेन्सी । भारतको चन्द्र अभियानअन्तर्गत चन्द्रयान–२ आज प्रक्षेपण गरेको छ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिएको हो । यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान–२ को प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सन् २०१८ […]

अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव – इमरान खान

वासिङ्टन, ६ साउन । अमेरिका भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष पनि यही कुरा राख्ने स्पष्ट गरेका हुन् । प्रधानमन्त्री खानले भने– “मलाई कसैले […]

सूचनाको हक ऐन संशोधन गर्ने निर्णय गलत छ – अरविन्द केजरीवाल

नयाँदिल्ली, ६ साउन । भारतको दिल्ली राज्यका मूख्यमन्त्री अरविन्द केजरीवालले सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्ने भारत सरकारको निर्णयले केन्द्र र राज्यका सूचना आयोगहरुको स्वतन्त्रता समाप्त हुने बताएका छन् । उनले केन्द्र सरकारको उक्त कदम सही नभएको पनि बताए । केन्द्र सरकारले यही जुलाई १९ मा सूचनाको हकसम्बन्धी विधेयक लोकसभामा पेश गरेको थियो । प्रस्तावित विधेयकमा […]

दोहोरो गोली हानाहानमा चार प्रहरी र १२ लडाकू मारिए

फराह, ६ साउन । अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार झडप भएको पुष्टि गरे । फराह प्रान्त प्रान्तीय राजधानी फराह शहरको बाहिरी इलाकामा रहेको दराबाद र हैदर घोली इलाकामा रहेका प्रहरी चौकीहरुमा आइतबार […]

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन – प्रधानमन्त्री हुन सेन

नोम्पेन्ह, ६ साउन । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन् । कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक बेस क्याम्प चिनियाँ सशस्त्र सैनिकलाई पनि प्रयोग गर्न दिनेगरी चीनसँग गोप्य सम्झौता गरेको भनी हालै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा समाचार प्रकाशन भएको थियो । तर […]

प्रधानमन्त्री मोदी अगष्टमा भुटान जाने

नयाँदिल्ली, ६ । साउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् । यस भ्रमणले “छिमेक पहिलो” नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन् । दुबै देशबीच रहेको विशिष्ट सम्बन्ध प्रधानमन्त्री मोदीको भ्रमणबाट थप गतिशील र प्रगाढ हुने विश्वास लिइएको छ । गत महिना, […]

जेरुसेलमका प्यालेस्टिनी घरहरु इजरेलले जबर्जस्ती भत्काउन थाल्यो

प्यालेस्टाइन, ६ साउन । जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा “गैरकानुनी रुपमा बनाइएका” प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ । घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ । इजरायली सुरक्षा घेरानजिकैको सुर बाहेर इलाकाका चार वटा भवनलाई इजरायली सेना र प्रहरीले घेरा हालेका थिए । फ्रान्सेली समाचार समिति एएफपीका […]