कोरोनाबाट मृत्यु हुने संख्या लाख नजिक, न्यूयोर्कमा मात्रै सात हजार बढीको मृत्यु

काठमाडौं, २८ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार पाँच सय ६ पुगेको हो । भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै […]

भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना

दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो । कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने भएकाले भक्तपुर अस्पतालले यो कोरियन प्रविधि भित्राएको अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले बताए । सम्भावित संक्रमितको […]

विश्वभर कोरोनाबाट ज्यान गुमाउने ६४ हजार नाघे, ११ लाख बढी संक्रमित

काठमाडाै । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ। अहिलेसम्म ६४ हजार ३ सय १६ जनाको ज्यान गएको छ। इटालीमा १४ हजार ६ सय ८१, स्पेनमा ११ हजार सात सय ४४ र अमेरिकामा सात हजार चार सय ६ जनाको ज्यान गएको छ। फ्रान्समा ६ हजार पाँच सय ७, बेलायतमा ३ हजार […]

भारतबाट आएका थप तीनमा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ९ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना भाइरसका थप नयाँ तीन संक्रमित फेला परेका छन्। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ भेटिएका संक्रमितहरुमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको […]

दिल्लीको धार्मिक कार्यक्रममा अधिकांश रौतहटका, धर्मसभामा सहभागी ३३ नेपाली दिल्लीको क्वारेन्टाइनमा

काठमाडौं, १९ चैत । भारतकाे राजधानी नयाँ दिल्लीकाे एक धार्मिक कार्यक्रममा सहभागी भएका २० जना नेपाली मध्ये अधिकांश नेपालकाे राैतहटका रहेकाे खुलेकाे छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली रहेकाे बुझिएकाे छ । उनीहरु नयाँ दिल्लीकाे निजामुद्दीनस्थित मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा मरकजमा […]

स्वास्थ्यमन्त्रालयले किन खरिद गर्यो ४८ गुणासम्म महँगोमा सामान खरिद

काठमाडौं, १८ चैत । कोरोना रोकथाम तथा न्यूनीकरणका स्वास्थ्य सामग्री व्यवसायीले बुझाएको कोटेसन भन्दा ४८ गुणासम्म महँगोमा खरिद गरेको भेटिएको छ । स्वास्थ्य मन्त्रालयले व्यवसायीको कोटेसन बेवास्ता गर्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)मार्फत स्वास्थ्य सामग्री खरिद गरेको हो । सुजकभर डिस्पोजेबल प्रतिगोटा न्यूनतम पाँच रुपैयाँमा खरिद गर्न सक्ने भन्दै व्यवसायीले कोटेसन बुझाएका थिए । तर, ओबिसिआईलाई दुई […]

कर्णाली सरकारले नेपालगञ्जमा अलपत्र परेका हुम्लाका १३० जनालाइ उद्धार गरेर लग्यो

नेपालगञ्ज । कोरोना भाइरसको सम्भावित सक्रमणबाट बच्न देशभर लकडाउन चलिरहेका बेला कर्णाली प्रदेश सरकारले नेपालगंजबाट बालबालिका र महिलासहित हुम्लाका १३० जनाको उद्धार गरेको छ। लकडाउनकै कारण हवाई सेवा बन्द हुँदा बालबालिकासहित अन्य हुम्लाबासी नेपालगंजमा रोकिएको अवस्थामा प्रदेश सरकारले गाडीबाट मुगुसम्म पुर्‍याउनले व्यवस्था गरेको हो। कर्णाली प्रदेश सरकारले तीन वटा गाडीको व्यवस्था गरी आइतबार राती १० […]

निजी कम्पनीलाई कोरोना सामाग्री किन्न लगाएर दस गुणा महङ्गोमा खरिद, एक अर्ब बढी घोटाला भएको अनुमान

काठमाडौं, १७ चैत । सरकारले चीनबाट ल्याएकाे सामानमा एक अर्ब बढी घाेटाला भएकाे आशंका गरिएकाे छ । काेराेनाकाे महामारीले विश्वभर त्रास उत्पन्न भएकाे र नेपालमा पनि पूर्णरुपमा लकडाउन गरी देश बन्दी जस्तै बनाइएका बेला यस्ताे गम्भीर घाेटाला भएकाे खबर बाहिर आएपछि सर्वसाधारण आक्राेशित भएका छन् । चीनमै व्यापार गरेर वर्षौंदेखि बसिरहेका नेपालीले वास्तविक मूल्य सार्वजनिक […]

एकाबिहानै राजधानीमा २ सय पक्राउ, लकडाउन उल्लंघन गर्नेहरुमाथि कडा बन्दै प्रहरी

काठमाडौ‌ । आइतबार बिहानै राजधानीका विभिन्न ठाउँबाट प्रहरीले दुई सय बढीलाई पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा १५५ जना पुरुष र ५५ महिला रहेको नेपाल प्रहरीले जनाएको छ । आइतबार बिहानै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । […]

कोरोनाको त्रासबीच विराटनगरमा बिभत्स हत्या, ९ दिनसम्म बन्धक बनाइ साथीलाइ कुटेर साथीले हत्या गरेको आरोप

विराटनगर । कोरोनाले विश्वलाइ त्राही त्राही बनाइरहँदा माेरङमा एक बिभत्स हत्या भएकाे छ । आर्थिक अवस्था निकै कमजाेर भएका र घरपरिवारमा पनि राम्राे सम्बन्ध नभएका एक युवककाे सँगै काम गर्ने छिमेकीले ९ दिनसम्म कुटीकुटी हत्या गरेकाे खुलेकाे छ । ९ दिनसम्म छिमेकीले कुटिकुटी आँखासमेत फुटाल्दा पनि ती युवक कतै भाग्न पनि नसकेकाे पाइएकाे छ । […]