जीपसंग ठोक्किँदा गयो मोटरसाइकल चालकको ज्यान

वीरगन्ज । पर्साको बहुदरमाई-५ पटनीमा गएराति टाटासुमो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने पछाडि सवार ब्यक्ति घाइते भएका छन् ।

राति करिब साढे ९ बजेको समयमा गण्डक नहर सडकमा भारतीय टाटासुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक भारतीय नागरिक बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पुष्ठि गरेका छन् ।

मोटरसाइकलको पछाडि सवार बहुदरमाई–५ कै १९ वर्षीय रोशन बर्णवाल घाइते भएका र उनको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको बताइएको छ।

ठोक्किएका दुबै सवारी साधनमा आगलागी भएको थियो । थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।