स्कटल्यान्डमा बिहीबार राति सम्म्पन्न टी–२० त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी अघिल्लो पराजयको बदला लिएको छ ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा हार व्यहोरेको नेपालले बिहीबारको खेलमा बदला लिँदै १८० रन बनायो। १७५ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ५१ बलमा ६ चौकासहित ६५ रन बनाए। उनले ३८ बलमा अर्धशतक पूरा गरेका थिए।
नेपालका लागि आरिफ शेख (३९), दीपेन्द्रसिंह ऐरी (१६*) र लोकेश बम (१२*) ले पनि योगदान दिए।
नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्दै माइकल लेभिटको ८६ रनको सहयोगमा १७४ रन बनाएको थियो। नेपालका करण केसीले २ विकेट लिए भने अन्य चार बलरले १-१ विकेट लिए।
यो जितसँगै नेपाल र नेदरल्यान्ड्स दुबैले ४ अंक जोडेका छन्, तर नेपाल शीर्ष स्थानमा उक्लिएको छ।