सञ्जय मिश्रा, रौतहट । पछिल्लो समय रौतहटमा नवविवाहिता महिलाको शृङ्खलाबद्ध हत्या भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको हो । पछिल्लो घटनामा जिल्लाको कटहरिया नगरपालिका- १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ। मात्र […]
ननस्टप विशेष
सर्लाहीमा मालबाहक कन्टेनरले लियो मोटरसाइकल चालकको ज्यान
सर्लाही । सर्लाही स्थित्त बागमती नगरपालिका ११ बागमती पुल नजिकै पुर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाईकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा रौत्तहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने कान्छा लाल योन्जनको छोरा बर्ष २१ को गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले न्युज कारखानालाई बताएका छन्। गएराती १० […]
सरकारको अस्तित्व छैन : पूर्वसभामुख सापकोटा
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारको अस्तित्व माथि गम्भीर टिप्पणी गरेका छन् । पूर्व सभामुख समेत रहेका सापकोटाले प्राविधिक रुपमा सरकारको अस्तित्व देखिएपनि नैतिक र राजनीतिक रुपमा सरकारको अस्तित्व नभएको दावी गरेका हुन् । बुधबार प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको तेस्रो बैठकलाई काठमाडौमा सम्बोधन […]
काठमाडौ महानगरका प्रहरी प्रमुखलाई कार्वाही
काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई कार्वाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेपनि चित्तबुझ्दो जवाफ नदिएकाले उनी निलम्बनमा परेको जनाइएको छ । गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत […]
मनकुमारीको अध्यक्षतामा महिला उद्यमी महासंघ डोल्पामा नयाँ नेतृत्व
दीर्घबहादुर शाही, डोल्पा । महिला उद्यमी महासंघ नेपाल डोल्पा शाखाको नयाँ जिल्ला कार्यसमिति औपचारिक रूपमा घोषणा गरिएको छ। मंगलबार सदरमुकाम दुनै बजारमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली र उपाध्यक्ष बसन्ती प्रधानको उपस्थितिमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। कार्यसमितिको अध्यक्षमा मनकुमारी बोहरा चयन भएकी छिन्। अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पुर्णिमा बुढा, महासचिव कमला […]
अमेरिकी डलर भन्दै कागज दिएर ३० लाख ठगी गर्ने ताराबहादुर भक्तपुरबाट पक्राउ
भक्तपुर । अमेरिकी डलर सस्तोमा मिलाइदिने भन्दै कागज भिडाएर रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति सिन्धुपाल्चोक बाह्रबिसे-३ घर भई भक्तपुरको चाँगुनारायण–३ दुवाकोट बस्ने ३९ वर्षीय तारा बहादुर तामाङ हुन् । ताराबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो । […]
संघको आग्रहले पछि हट्यो प्रदेश सरकार, बुधवारबाट सार्वजनिक यातायात संचालन हुने अपेक्षा
काठमाडौ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी आफ्नो नियमावली कार्यान्वयनबाट पछि हट्ने निर्णय गरेको छ। केन्द्र सरकारले सोमबार राति यातायात व्यवसायीसँग गरेको सहमति अनुसार प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगन गर्न आग्रह गरेको थियो । गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले नियमावली तत्काल लागू नगर्ने निर्णय भएको जानकारी दिँदै, केन्द्र सरकारको निर्देशनअनुसार आफूहरू अघि […]
ललितपुरमा अनलाइन जुवाको जालो, ८१ करोड बढी जुवा खेलाउने १७ पक्राउ
ललितपुर । अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने नेपाली […]
प्रतिनिधि सभाको बैठक बस्न सकेन, भोलि बुधबार १ बजे बस्ने
काठमाडौ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न सकेन । बिहान ११ बजे बस्नपर्ने बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको थियो । तर, प्रतिपक्षी दलहरु सहमतिमा नआएपछि बैठक बस्दै नबसी भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद चल्न नदिने […]
प्रतिनिधिसभाको बैठक २ बजे बस्ने सूचना, अझै छैन सुनिश्चितता
प्रतिनिधिसभाको आज बिहान बस्ने बैठक सरेर दिउँसो २ बजे बस्ने भएको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक विपक्षी दलका अवरोधको कारण संचालन हुन सकेन । बैठ्क २ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले सूचना टाँस गरेको भएपनि बैठक सुचारु हुने सुनिश्चितता छैन । सदन खुलाउने सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।










