काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो स्कार्फ लगाएर संसद भवन पुगेका छन् ।
भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो स्कार्फ लगागर संसद भवन पुगेका हुन् ।
`मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा “निलो स्कार्फ” को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो स्कार्फ लगाएर “मानव तस्करी” को बिरोध गरेका छन।´
यता, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने जथाभावी ड्रेस लगाएर संसदकाे गरिमा कायम नहुने भन्दै निलो स्कार्फ लगाएका सांंसदलाई निकाल्न माग गरेका थिए ।