भक्तपुर । बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित भक्तपुरको दुधपाटीस्थित भक्तपुर अस्पतालमा पाठेघर (आङ) खस्ने महिलाहरूको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ।
कार्यक्रम असार १० देखि १२ गते तीन दिनसम्म सञ्चालन हुने भएको हो ।
डा. अनु श्रेष्ठको मोबाइल नम्बर ९८५१३३३७१७ र रोशनी श्रेष्ठको मोबाइल नम्बर ९८४१०९६०२४ मा सम्पर्क गरी उपचार आवश्यक भएका महिलाहरुको नाम टिपाउन सकिने अस्पतालका सूचना अधिकारी डा सुनिल ढुङ्गेलले बताएका छन् ।
यस कार्यक्रममार्फत आङ खस्ने समस्या भएका महिलाहरूको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने अस्पतालका निमित्त निर्देशक एवं स्त्री रोग विशेषज्ञ डा सुरेन्द्र भट्टले जानकारी गराए ।
आङ खस्ने समस्या सजिलै सन्चो हुने भएकोले रोग लुकाएर बस्नु नहुने निमित्त निर्देशक डा भट्टको भनाइ छ ।
आङ खस्ने रोग के हो?
पाठेघर (आङ) खस्ने रोगलाई चिकित्सकीय भाषामा “युटेराइन प्रोलाप्स” भनिन्छ। यो समस्या महिलाको पाठेघर (गर्भाशय) आफ्नो सामान्य स्थानबाट तल झर्ने अवस्थालाई जनाउँछ। यो मुख्यतः धेरैपटक सुत्केरी भइसकेका, शारीरिक कमजोरी भएका वा ढाड, पेटको भागमा बढी चाप पर्ने महिलामा देखिन्छ।
यस रोगका सामान्य लक्षणहरूमा यौनांगबाट मांसलो पदार्थ झुण्डिनु, तल्लो पेट दुख्नु, पिसाब फेर्न गाह्रो हुनु वा बारम्बार पिसाब लाग्नु, ढाड दुख्ने आदि पर्दछन्।
(सच्याइएको : शिर्षकमा कार्यक्रम सञ्चालन तीन दिन हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । – सम्पादक )