इजरायलमाथि परमाणु हमला गर्ने कुरा सत्य होइन : पाकिस्तानी उपप्रधानमन्त्री

इस्लामाबाद । पाकिस्तानका उपप्रधान तथा परराष्ट्रमन्त्री ईशाक दारले इजरायलमाथि पाकिस्तानले परमाणु हमला गर्ने भनिएको खबरलाई झुटो, रचिएको र गैरजिम्मेवार बताए।

सामाजिक सञ्जालमा एउटा झूटा उद्धरण भाइरल भएको थियो, जसमा भनिएको थियो—यदि इजरायलले इरानमाथि हमला गर्‍यो भने पाकिस्तानले इजरायलमाथि परमाणु हमला गर्नेछ।

सदनलाई सम्बोधन गर्दै दारले पाकिस्तानको परमाणु नीति रक्षात्मक मात्र रहेको स्पष्ट पारे। उनका अनुसार, पाकिस्तानले कसैलाई आक्रमण गर्ने नीति कहिल्यै राखेको छैन।

उनले सामाजिक सञ्जालमा फैलिएको गलत सूचना, जस्तै AI–निर्मित भिडियो र पुराना अन्तर्वार्ताका क्लिपप्रति पनि सचेत रहन आग्रह गरे।

पाकिस्तानले हालै इरान र ओमानसँग परामर्श गर्दै संयुक्त राष्ट्रसंघमा इरानको समर्थन गरेको पनि जानकारी गराइएको छ।