काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा विद्यार्थीहरुले शिक्षकहरुबाट टीका र आशीर्वाद लिएका छन् भने एक आपसमा शुभकामना साटासाट गरे । उत्सवको प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता रहेको थियो । प्रतियोगितामा […]
कला/मनोरञ्जन
“भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियो सार्वजनिक
२०८१ भदौ २५, काठमाडौं । हेम-सरिता पाठक फाउन्डेसनले आज फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गरेको भ्रष्टाचारविरुद्धको गीत “भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको सार्वजनिक गर्यो । फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्यमार्फत् अतिथिहरूको स्वागत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि लोकपृय कलाकार मदनकृष्ण श्रेष्ठ र नेपाल सरकारका पूर्व मुख्यसचिव लीला गड्तौला थिए […]
अनेसास बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान कार्यक्रम गर्ने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान गर्ने भएको छ । च्याप्टरले यही आउँदो सेप्टेम्बर १८ तारिख बुधबारको दिन साँझ ५ बजे नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएर लामो समयदेखि नेपाली कला साहित्य भाषा र संस्कृतिको उत्थानमा लागेका विशिष्ट तथा चर्चित कलाकारलाई बोस्टनस्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड […]
“भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको छायाङ्कन
०८१ भदौ १८, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकद्वारा रचना गरिएको “भ्रष्टाचारको चपेटामा देश” भ्रष्टाचारविरुद्धको गीतको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ । सो म्युजिक भिडियोको छायाङ्कन हिजो र आज होटल सिटी गाँउ, भक्तपुरमा भएको कुरा हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सो जानकारी गराएका हुन् । […]
“मनको मझेरी” गीत लोकार्पित
मिति :२०८१ भदौ ५ गते, बुधबार साहित्यिक पत्रकार सङ्घले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफदीया’को गीत “मनको मझेरी”को लोकार्पण गरेको छ । हेम सरिता पाठक फाउन्डेसनको सभाकक्ष, अनामनगर, काठमाडौंमा सम्पन्न भएको मनको मझेरी गीतमा गायक नरहरि प्रेमीको स्वर रहेको छ भने संगीत पनि प्रेमीले नै गरेका हुन् । प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उक्त गीतको मोबाइलमा […]
भीम धिताल र जिशु कोइरालाको सहकार्यमा “एउटा खुशी” सार्वजनिक
क्यानडामा हुर्के बढेकी जिशु कोइराला अभिनित एउटा खुशी म्युजिक भिडियो वैशाख १७ गतेबाट नेपाली रंग दुनियामा सार्वजनिक भएको छ । उनी चिकित्सा शास्त्रमा एमविविएस (MBBS) अध्ययन गर्न नेपाल आएकी हुन् । बहुचर्चित मोडेल बिक्रम बुढाथोकीसँग मोडेल जिसु कोइरालाले अभिनय गरेकी छिन् । भिडियोमा दुवै मोडेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई राजिब समर र भिम […]
महाजात्राले कमायो २६ करोड ६५ लाख
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट […]
वरिष्ठ सौन्दर्यविद् रश्मिला ‘प्रधानमन्त्री प्रचण्ड’ द्वारा सम्मानित
काठमाडौं। रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले वरिष्ठ सौन्दर्यविद् श्रीमती रश्मिला श्रेष्ठलाइ संयुक्त रुपमा सम्मान गरेका छन् । काठमाडौंमा आयोजित उक्त विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । […]
आज तराई मधेसमा होली
जनकपुरधाम । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त […]
अभिनेत्री रेखा थापालाई पुत्रीलाभ
काठमाडौं, ११ फागुन । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् । अमेरिकामा छोरीलाई जन्मदिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् ।‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर […]