काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धी विद्या चौहान आज हजारौं नेपाली महिलाका लागि प्रेरणाको प्रतिक बनेकी छन्।
रामेछापको दुर्गम गाउँ फूलासीमा जन्मिएकी बिध्या, हाल सुदूरपश्चिमकी बुहारीका रूपमा चुल्होचौका मात्रै सहाल्दै छैनन्, नारी सशक्तिकरणको ज्वलन्त उदाहरण बनिरहेकी छिन्।
शिक्षाका हिसाबले नर्स रहेकी विध्या अहिले भवानी ग्रुपकी सञ्चालकका रूपमा सफल महिला उद्यमीका रूपमा पनि परिचित छिन्। ३० वर्षको उमेरमै उनले भवानी ग्रुपमार्फत ३ हजारभन्दा बढी युवालाई रोजगारी उपलब्ध गराउँदै व्यवसायिक नेतृत्वमा आफ्नो क्षमता प्रमाणित गरेकी छन्।
परिवार, व्यवसाय र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै मिसेस्वर्ल्ड्माविध्याले देखाएकी छिन् कि महिलाको शक्ति घरको सीमाभन्दा धेरै परसम्म फैलिन सक्छ। उनले भनिन् — “मिसेस नेपाल वर्ल्डमा सहभागिता मेरो लागि केवल प्रतियोगिता होइन, एउटा जीवनपरिवर्तनकारी यात्रा हो। हार–जितभन्दा पनि मैले यहाँबाट सिकाइ, आत्मविश्वास र नयाँ दृष्टिकोण पाएको छु।”
मिसेस नेपाल वर्ल्ड २०२५ को ग्रान्ड फिनाले कात्तिक २९ गते काठमाडौंको महेन्द्र पुलिस क्लबमा हुँदैछ। विद्याका अनुसार, प्रतियोगितामा उनीसँग श्रीमान् ई. भवानी ओझा, परिवार र आफन्तहरूको अटूट समर्थन रहेको छ।
उनी यो प्रतियोगितालाई केवल व्यक्तिगत उपलब्धिको रूपमा नभई, नेपाली महिलाको क्षमता, संघर्ष र सम्भावनाको प्रतीकका रूपमा प्रयोग गर्न चाहन्छिन्।उनी भन्छिन, “यदि हामीले आफूमाथि विश्वास गर्न सक्यौं भने, असम्भव भन्ने कुरा अस्तित्वमै रहँदैन।”
विद्या चौहान जस्ता प्रतिभाहरूले नेपाली समाजमा महिला नेतृत्व, उद्यमशीलता र सामाजिक जिम्मेवारीको महत्व अझ उजागर गरिरहेका छन्। उनी एउटा प्रेरणाबनेर संघर्ष र सफलताको लागि नेपाली महिलालाई प्रेरित गरिरहेकी छन् ।

