संविधान दिवसमा ‘नेपालको छोरी’ सार्वजनिक (हेर्नुस् भिडियो)

भक्तपुर । राग रागिनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको नयाँ राष्ट्रिय गीत “नेपालको छोरी” संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ।

गीतमा टुना थापाको स्वर, कपिल कसपालको शब्द र भुपेन्द्र रायामाझीको संगीत रहेको छ। यस गीतको भिडियो निर्देशन निशान एस.के.ले गरेका छन्। 

गीतकार तथा सञ्चारकर्मी कपिल कसपालले “नेपालको छोरी” आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ सिर्जना गरेको बताए। उनका अनुसार, देश कठिन परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा राष्ट्रिय एकता अपरिहार्य भएको र सोही सन्देश गीतमार्फत दिन खोजिएको हो।

देशमै बसेर नेपाल निर्माण गर्नुपर्छ भन्ने सन्देशले भरिएको यो गीत राग रागिनी इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ। 

हेर्नुस् गीत