काठमाडौं । आफ्नै चार महिने छोराको हत्या अभियोगमा पुष्कर कार्की पक्राउ परेका छन् । कार्की नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) हुन् ।
सिनामंगलमा भाडाको कोठामा बस्दै आएका कार्कीले सुतेको अवस्थामा रहेको आफ्नै शिशुको घाँटी रेटेर हत्या गरेका आरोप छ । जन्मदै ब्रेन ट्युमर रहेको उक्त शिशुको आइतबार अपराह्न हत्या गरेपछि उनले श्रीमतीलाई समेत कुटपिट गरी फरार रहेका थिए।
घटनापछि फरार रहेका कार्कीलाई आइतबार बेलुकी नै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । कार्की दम्पती नै प्रहरी सेवामा छन् ।
जन्मदै शिशुमा ब्रेन ट्युमर देखिएपछि उपचारलाई लिएर कार्की तनावमा रहेका र सोही कारण हत्या गरेका हुनसक्ने बताइएको छ । थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।







