नेप्सेमा कर्मचारीको आन्दोलन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षको राजीनामा माग्दै आन्दोलन थालेका छन्। मंगलबारदेखि सुरु भएको आन्दोलन अझ तीव्र बनेको छ। कर्मचारी संघले बुधबार विज्ञप्ति जारी गर्दै सीईओ चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गरेको छ। कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर काम गर्ने, सीईओको कार्यकक्षमा […]

‘जल्लाद ट्रेन्ड’ सुरु गर्न पूर्वमन्त्री महेश बस्नेतको अपिल

भक्तपुर । हाल सामाजिक सञ्जालमा ‘Jholey Trend’ र ‘Expose Jholey’ नामका अभियानहरू चलेका बेला पूर्वमन्त्री महेश बस्नेतले यसको प्रतिकारमा नयाँ अभियान सुरु गर्नुपर्ने विचार सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार विदेशीबाट संरक्षित र काठमाडौंका मेयर बालेन शाहबाट पालितपोषित समूहहरूले राजनीतिक नेतासँग फोटो तथा भिडियो खिच्नेहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन्। उनले भने, “अब राष्ट्रवादी […]

“न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण

भक्तपुर । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा भक्तपुरमा स्व. दिक्षा हाडाको सम्झनामा नयाँ गीत “न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण गरियो। हाडा ब्रदर्सको प्रस्तुतीमा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे। गायक लक्ष्मण पलिखेलको शब्द, दिवंगत दिक्षाका पिता राजेश हाडाको संगीत र रवि हाडाको स्वर रहेको गीतलाई गोपाल रसाइलीले संगीत […]

मतदाता नामावली संकलन गर्न बाटो खुल्यो

काठमाडौ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न अध्यादेश जारी गरेपछि निर्वाचन आयोगलाई नयाँ मतदाता नाम संकलन गर्ने बाटो खुलेको छ। अघिल्लो कानुनअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो। मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ अनुसार चुनावको […]

वातावरण संरक्षण मञ्चद्वारा स्वच्छ वातावरणको विमोचन

भक्तपुर । दशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा वातावरण संरक्षण मञ्चले विशेष कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा “स्वच्छ वातावरण” नामक वार्षिक पत्रिका समेत विमोचन गरियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापाले वातावरणीय समस्या समाधानका लागि संविधानअनुकूल विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिए। डा. सम्पूर्ण कक्षपतिले जनसंख्या […]

अङ्ग प्रत्यारोपण केन्द्रमा १२ वर्ष बढी नेतृत्व गरेका डा श्रेष्ठको बिदाइ

भक्तपुर । शून्यबाट सुरु भएको एउटा सानो प्रयास, एउटा टेबल र एउटा कुर्सीबाट सुरु भएको सेवा आज देशकै सबैभन्दा प्रतिष्ठित प्रत्यारोपण केन्द्रको रूपमा स्थापित भएको छ । यो असम्भवलाई सम्भव बनाउने व्यक्तित्व हुन् वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ । १३ वर्षअघि भक्तपुर अस्पताल परिसरमा मानव अंग प्रत्यारोपण केन्द्रको सेवा […]

शिक्षामन्त्री पुन आफैंमा पाठशाला, मन्त्रालयमै लगाए बिस्तारा

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो प्रतिबद्धता व्यवहारमै उतारेका छन् । पदभार ग्रहण गरेको पहिलो दिनमै “जहाँ काम गर्छु, त्यही बस्छु” भनेर घोषणा गरेका पुन मंगलबारदेखि शिक्षा मन्त्रालयकै भवनमा स्थायी बसाइँ थालेका हुन् । केशरमहलस्थित मन्त्रालय परिसरभित्रै मन्त्रीका लागि छुट्टै कोठा खाली गरी भान्छा र सुत्ने कोठाको व्यवस्था मिलाइएको छ । […]

जेनजी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड बिमा रकम दाबी, कस्को कति

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ५ गतेसम्म १४ वटा निर्जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमामा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी […]

समय सहकारीको १५ औं साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुरस्थित समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । यसपटक कुनै विशेष अतिथि विना सम्पन्न भएको साधारणसभामा अध्यक्ष श्यामसुन्दर बेकोजूले संघीय सरकार, नेपाल राष्ट्र बैंक, सहकारी विभाग तथा सहकारी नियमन प्राधिकरण मिलेर समुदायमा आधारित सहकारीलाई खुम्च्याउने प्रयास गरेको आरोप लगाएका थिए । उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछाले सहकारीले […]

शैलपुत्री : धैर्य र सत्यकी देवी, यस्ता छन् पूजाविधि र प्रसन्न पार्ने उपाय

काठमाडौं ।आज बिहानबाट देशभरका मठ–मन्दिर र घर–घरमा विशेष शान्ति छाएको छ । माटोको घटमा जमरा रोपिँदै, दीपको उज्यालो बालिँदै र वैदिक मन्त्र गुञ्जिँदै नवरात्रिको यात्रा आरम्भ भएको छ । दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, र यस दिन देवी दुर्गाको पहिलो रूप शैलपुत्रीको पूजा–आराधना गरिन्छ । शैलपुत्री : धैर्य, सत्य र शुद्धताको प्रतीक शैलपुत्री, जसको नाममै […]