सामोआलाई हराउँदै अपराजित नेपालले उचाल्यो उपाधी

cricket

काठमाडौं । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । नेपालले जितको लागि दिएको २१२ रनको […]

बिदेशी हस्तक्षेप रोक्न इतिहास, भूगोल र संस्कृतिको अध्ययन आवश्यक : उपप्रमुख जोशी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा शुक्रबार नेपाल सम्वत् ११४६ र दिपावलीको अवसरमा सामुदायिक विद्यालयका शिक्षकबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले जनतालाई प्राथमिकता दिँदै समाजवादी व्यवस्था र समाज उत्थानका लागि भक्तपुर नगरपालिका अनुकरणीय रूपमा सेवा सञ्चालन गरिरहेको बताइन्। उनले विदेशी हस्तक्षेप र घुसपैठप्रति सचेत रहन इतिहास, […]

निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार शंखमुलस्थित यल दरबारमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जनकुमार श्रेष्ठले निजी क्षेत्रमाथि व्यक्ति–केन्द्रित प्रहार हुनु चिन्ताजनक भएको बताए। उनका अनुसार, “देशमा लगानीको सुरक्षा र व्यवसायिक वातावरणको सुनिश्चितता […]

पाठकद्वारा लिखित र सम्पादित तीन कृति एकैसाथ सार्वजनिक

काठमाडौं । आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकको लघुकथा सङ्ग्रह ‘तेल भिसा’, कवितासङ्ग्रह ‘सम्बन्धको चुकुल’ र उनको सम्पादन रहेको ‘सर्जक गणेश रसिक स्मृति अंक–नारीस्वर’ शुक्रबार एक समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमको आयोजना साहित्यिक पत्रकार संघ नेपालले गरेको थियो भने संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। मुख्य अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व […]

कार्यपालिका बैठकमा जेनजी आन्दोलनको एजेन्डा नराखेकोप्रति आपत्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा भदौ २४ गते भएको आगजनीको विषयमा वडाध्यक्षहरूले कडा आपत्ति जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले महानगरले विपद् बेलामा आवश्यक प्रतिक्रिया दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। सो आगजनीमा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको भन्दै वडाध्यक्षहरूले प्रश्न उठाएका थिए। तर, महानगरको विपद् व्यवस्थापन समितिले त्यसको प्रतिवाद गरेको छ। […]

भूराजनीतिक तनावले बढायो सुनको मूल्य, एकैदिन प्रतितोला ७ हजार बढी वृद्धि

काठमाडौं । सुनको मूल्य शुक्रबार एकैदिनमा ७ हजार १ सय रुपियाँले बढ्दै प्रतितोला २ लाख ५८ हजार रुपियाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १ सय ९५ रुपियाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार नौ सय रुपियाँमा कारोबार भइरहेको थियो। […]

जनमुक्ति सेनासंग पूर्वमन्त्रीको आग्रह- उपलब्धिको रक्षा, देश र जनताको सुरक्षा गरिदिनुस्

matrika yadav

सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पूर्व जनमुक्ति सेना संघ, नेपाल मधेश प्रदेशको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–स्थित भरत तालमा भेला सम्पन्न भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय आयोजक समिति सदस्य तथा तत्कालीन जनमुक्ति सेना नेपालका ब्रिगेड कमिसार जोगकुमार बर्बरिया यादव ‘जीवन’को अध्यक्षतामा […]

कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आंशिकतर्फ ९ हजार ९३४ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमा ५ हजार ९ सय १६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धितर्फ परीक्षा दिएका ४ हजार ९ सय ७६ विद्यार्थीमध्ये ३ […]

धानखेतमा नवजात शिशु फेला

महित्तरी । जलेश्वर नगरपालिका–४ स्थित एक धानखेतमा एक जीवित नवजात शिशु फेला पारिएको छ। भार्गेश्वर पोखरी नजिक रहेको धानखेतमा १५ दिनको जस्तो देखिने केटो शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले बताएका छन् । शिशु हल्का निलो रङको लुगा लगाएको र गुलाबी कपडामा बेरिएको अवस्थामा भेटिएको भट्टको भनाइ छ   घाँस काट्न गएका स्थानीयले […]

४३ स्थानीय तहमा अझै बनेन बजेट

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था […]