काठमाडौ । भारतीय रुपियाँ २ सय र ५ सय दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने निर्णय सरकारले गरेको छ। सन् २०१६ नोभेम्बर ९ पछि निष्काशनमा आएका ती नोट ओसारपसार गर्न पाइने व्यवस्था गरिएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाह प्रक्रियामा कागजातको आधिकारिकताका […]
Author: Nonstop Khabar
तीन कम्पनीको बोनस शेयर सूचीकृत, कस्को कति
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल, प्रभु इन्सुरेन्स र एशियन लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, हाथवे इन्भेष्टमेन्ट नेपालको ३३ लाख ९७ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएको थियो । सोही सेयर सूचीकरण गरिएको हो । त्यस्तै, […]
भरत दाहालले भक्तपुर आएर भेटे भ्रष्टाचार विरोधी अभियन्ता
भक्तपुर । राजनीतिक विश्लेषक भरत दाहालले भक्तपुरमा भ्रष्टाचारविरोधी अभियन्ताहरूसँग भेटघाट तथा छलफल गरेका छन् । टोलीसहित आएका दाहालले भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज मोक्तान लगायतलाई भेटी भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहने स्पष्ट पारेका छन् । उनले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै व्यक्ति वा समूहको मात्र नभई सामूहिक प्रतिवद्धताबाट मात्रै सफल हुने धारणा […]
ओलीका खास भनिएका नेताहरूले छोडे साथ, पोखरेल पक्षबाट उम्मेदवार बन्ने
काठमाडौ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै ईश्वर पोखरेल मैदानमा उत्रिएपछि पार्टीभित्र दुई समूह पदाधिकारीको उम्मेदवार टुंग्याउन ब्यस्त छन्। केही पदमा उम्मेदवार टुंगो लागिसके पनि केही पदमा उनीहरू अझै कसरत गरिरहेका छन्। यसैबीच, ओलीका कट्टर समर्थक मानिएका नेताहरू नै अहिले उनलाई काउन्टर दिने तयारीमा देखिएका छन्। पूर्वमन्त्री तथा पोलिट्ब्युरो […]
जनताको मौलिक समस्यालाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप टेलिभिजन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको आवाज र विद्रोह समेटिएको सञ्चार माध्यम समाज परिवर्तनको प्रभावकारी हतियार हुने बताए। भक्तपुर नगरपालिकाद्वारा आयोजित टेलिभिजन सम्बन्धी क्षमता विकास तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले नगरपालिका मातहत सञ्चालित ख्वप टेलिभिजन स्थानीय सरकारद्वारा सञ्चालित देशकै पहिलो टेलिभिजन भएको दावी गर्दै यसले […]
यस्तो छ एमाले महाधिवेशन उद्घाटनमा सहभागीको वास्तविक संख्या
भक्तपुर । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको उद्घाटनमा ३ लाख नेताकार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्ने दावी अनुचित होइन । करिब ७ लाख संगठित सदस्य बनाएको बताउने एमालेले ३ लाख महाधिवेशन उद्घाटनमा आउने अपेक्षा गर्नु सामान्य नै विषय हो । प्रचार विभाग प्रमुख रहेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले शुक्रबार पत्रकार सम्मेलनमा शनिबारको उद्घाटन सत्रमा ३ लाख […]
बिधान अधिवेशनको बिजोग, पुरानै संरचनामा फर्कियो एमाले
काठमाडौ । नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको छ। ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो। यसअघि विधान महाधिवेशनले पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले […]
गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा”
तिमी पुग्यौ धेरै टाढा हिँड्नेलाई बाटो रै’छ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ! यी हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “तिमी पुग्यौ धेरै टाढा” गीतका स्थायी लाइन हुन् । कवि, नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम चलाउँछन् । प्रवासमै बस्ने अर्का सङ्गीतकार तथा गायक नवीन खनालले शब्द मन पराएपछि सहकार्य गर्ने सल्लाह […]
निर्वाचनका लागि ललितपुरमा काङ्ग्रेसका ३१ उम्मेदवार सिफारिस
ललितपुर । नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहिवार बसेको वैठकको निर्णयले ललितपुरका तीन वटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरुलाई सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष […]
पत्रकारलाई थप जिम्मेवार बनाउन मधेश प्रदेशमा प्रशिक्षक प्रशिक्षण
जनकपुरधाम । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न तथा पत्रकारलाई पेशाप्रति थप जिम्मेवार बनाउन नेपाल पत्रकार महासंघले विहीवार मधेश प्रदेशको जनकपुरधाममा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । पछिल्लो समयमा सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले सहकार्य गरी “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम […]











