काठमाडौ । नागरिक लगानी कोषमा घट्दो बैंक ब्याजदरका कारण चुनौती थपिएको छ। सहभागीलाई वार्षिक चार प्रतिशतसम्म ब्याज दिँदै आएको कोषले वाणिज्य बैंकबाट अहिले मात्र करिब २.७५ प्रतिशत ब्याज पाउँदा ब्याज व्यवस्थापन कठिन बन्दै गएको हो।
बैंकमा राखिएको रकमबाट अपेक्षित प्रतिफल नआएपछि कोषले लगानी रणनीति परिवर्तन गर्न थालेको छ।
बैंक निर्भरता घटाउँदै सरकारी ऋणपत्र, ट्रेजरी बिल्स, निजी डिबेञ्चर, भौतिक पूर्वाधार तथा विभिन्न परियोजनामा लगानी विस्तार गर्ने तयारी गरिएको छ। साथै सहभागीलाई दिने कर्जा सीमा ८० प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याइएको छ।
दोस्रो, बजारमा पनि लगानी बढाउने योजना अघि सार्दै कोषले पूँजी बजार विकासमा योगदान दिने लक्ष्य लिएको छ। विविध क्षेत्रमा लगानी विस्तार गर्दै दीर्घकालीन स्थायित्व कायम गर्नु नै कोषको प्रमुख उद्देश्य रहेको जनाइएको छ।







