काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना शाखा अधिकृतको सरुवा गर्दै तीमध्ये १६ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।
मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयबाट खगेन्द्र भारतीलाई सुन्या गाउँपालिकामा खटाइएको छ। अछामका चन्द्रकान्त तिमिल्सिनालाई सामाखुसी बरुवा गाउँपालिकामा सरुवा गरिएको छ भने नवलपुर गाउँपालिकाबाट हर्षबहादुर रोकालाई पूर्वीचौकी गाउँपालिकामा पठाइएको छ। पूर्वीचौकी गाउँपालिकाबाट देवीप्रसाद जोशी नवलपुर गाउँपालिकामा पुगेका छन्।
यस्तै, गृह मन्त्रालयबाट मुरारी निरौलालाई ग्रामथान गाउँपालिकामा सरुवा गरिएको छ। म्याग्दीबाट विनोद श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन् भने विक्रम पौडेल लिखुपिके गाउँपालिकामा खटाइएका छन्। सामान्य प्रशासन मन्त्रालयबाट दिनेश ज्ञवाली रुरुक्षेत्र गाउँपालिका पुगेका छन्।
भूमि व्यवस्था मन्त्रालयबाट भिमाजु भुसाललाई मदाने गाउँपालिका र लक्ष्मण चालिसेलाई चन्द्रकोट गाउँपालिकामा सरुवा गरिएको छ।
रुपन्देही गाउँपालिकाबाट उमेश कुमार यादव ओराही गाउँपालिका पुगेका छन् भने मेलुङ गाउँपालिकाबाट सञ्जय शिवाकोटी कालिञ्चोक गाउँपालिकामा खटाइएका छन्।
कालिञ्चोक गाउँपालिकामा कार्यरत पवन न्यौपानेलाई दोलखाको विगु गाउँपालिकामा सरुवा गरिएको छ।
त्यसैगरी, नहरा नगरपालिकाबाट लालबाबु यादव रामनगर गाउँपालिका पुगेका छन्। भूमि मन्त्रालयबाट दिलीप यादव बरियापट्टी गाउँपालिकामा, गृह मन्त्रालयबाट धनीराम शर्मा सिम्ता गाउँपालिकामा र कुमारी गाउँपालिकाबाट दिलीपकुमार सोनी भगवतीमाई गाउँपालिकामा सरुवा भएका छन्।
भगवतीमाई गाउँपालिकामा कार्यरत नारायणजंग पाण्डे कुमाख गाउँपालिकामा खटाइएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनिक कार्यक्षमता सुदृढ गर्ने उद्देश्यसहित उक्त सरुवा गरिएको जनाएको छ।







