काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालत, बुटवल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो ।
उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रविलाई २ करोड ६८ लाख रुपियाँ धरौटी राखेर छोड्न आदेश दिइएको छ ।
लामिछाने सहकारी ठगी सम्बन्धि मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।







