तीनदिन देखि शेयर बजारमा उकालो

काठमाडौं । सोमबार देखि बढेको शेयर बजार बुधबार पनि बढेको छ । बुधबार ५.७० अंकले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.१८ अंकले बढेर ४५१.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४५ अंकले बढेको हो ।

बुधबार ३३२ वटा कम्पनीको ५८ हजार ९६ पटक धितोपत्र कारोबार हुँदा ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ५ करोड ३७ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा ७६ करोड ४० लाखले बढी हो ।

मंगलबार करोबार रकम भने ३ अर्ब २८ करोड ९७ लाख पुगेको थियो ।

बुधबार १४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन सबै १० वटा समूह बढ्दा ३ वटा समूह घटेको छ । बैंकिङ ४, विकास बैंक ३९, वित्त ४०, जलविद्युत ५, लगानी ०.०४, जीवन बीमा ८८, उत्पादन र प्रशोधन ३४, लघुवित्त ४, म्युअुचल फण्ड ०.१०, र अन्य समूह १.०२ अंकले बढेको छ । होटल र पर्यटन २६, निर्जीवन बीमा ४० र व्यापार ११ अंकले घटेको हो ।

यस दिन सर्वाधिक कारोबार हुनेमा युनियन हाइड्रोपावर रहेको छ । युनियन हाइड्रोपावरकको २२ करोड ७८ लाख, मन्जुश्री फाइनान्सको १३ करोड ७६ लाख,ङादी गुप्रको ११ करोड ४९ लाख, हिमालयन रिइन्स्योरेन्सको १० करोड ५८ लाख र राधी विद्युत कम्पनीको ९ करोड ३१ लाख बराबर कारोबार भयो ।