नयाँदिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड : राजनीतिक भेटवार्ता शुरु, हेर्नुस् भ्रमण कार्यक्रम

आकाश गजुरेल । तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले आजैबाट त्यहाँ राजनीतिक भेटवार्ता समेत सुरु गरिसकेका छन् । बुधबार अपरान्ह्र नयाँदिल्ली पुगेका प्रधानमन्त्रीले आफु बसेकै मौर्य होटलबाट राजनीतिक भेटवार्ता शुरु गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश […]

साना करदातालाई राहत : वार्षिक एक करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक करोड रूपियाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि मासिक विवरण पेश गर्नु नपर्ने भएको छ । हाल कायम रहेको व्यवसायीले हरेक महिना कारोवार र करको विवरण सरकारलाई पेस गर्नपर्ने व्यवस्था परिवर्तन गर्दै आगामी आर्थिक वर्षबाट ४ महिनामा विवरण पेश गरे पुग्ने नीति […]

१७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

 सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेका हुन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट सो भन्दा […]

गणतन्त्रको १५औ बर्षगाठको सन्देश । राजनितिक आवरणमा जस्तो अपराध गरे पनि उन्मुक्ति मिल्ने नजिर

किरण पौडेल  २०८० जेष्ठ १५ देशमा गणतन्त्र स्थापनाको १५ बर्ष । २०६५ जेष्ठ १५ मा बसेको पहिलो संविधानसभाको बैठकले देशमा राजतन्त्रको समाप्तिको घोषणा गर्दै देशमा गणतन्त्रको घोषणा भयो । उक्त घोषणाको लक्ष्य थियो , राज्यका सबै नागरिकलाई राज्यको नजरमा समान हुने । तर यतिका बर्षमा उच्च ओहोदामा रहेका भिआईपि र राजनितिक पहुच भएका ब्यक्तिहरुलाई गर्ने […]

मन्दिर मा पनि भ्रष्टाचार भयो : अख्तियार

आकाश गजुरेल , जेठ १२ ,तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ज्युले पशुपतिनाथको दर्शन गरी मन्दिरमा सुनको जलहरी राख्न निर्देशन दिनुभएको थियो । कोषले १ सय ८ केजी सुनको जलहरी राख्ने प्रक्रिया अघि बढायो । त्यसको सबै तजबिजी तत्कालीन सदस्यसचिव मिलन कुमार थापाले मिलाएका थिए । त्यसपछि जलहरी निर्माणको काम अघि बढाइएको थियो र तत्कालीन राष्ट्रपति […]

रेशम चौधरीको सजाय माफी दिने सरकारको प्रस्ताव राष्ट्रपति कार्यालयले पठायो फिर्ता

काठमाडौं, १२ जेठ । रेशम चौधरीलाई माफी दिन सरकारले गरेको प्रस्तावलाई राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ । नेपाल प्रहरीका उच्च अधिकारीसहित ८ जना प्रहरी र एक बालकको मृत्यु हुने गरी भएको टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई माफी दिन सरकारले गृहमन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएको थियो । तर, राष्ट्रपति कार्यालयले उक्त प्रस्तावलाई गृह मन्त्रालयमै फिर्ता […]

अहिले ट्रेलर मात्रै हो, सिंगै फिल्म बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

२३ बैशाख २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । उनले अहिले नेपालीलाई भुटानी शरणार्थी बनाई बेच्ने लाई कारवाहीको कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देखाउन बाँकी नै रहेको खुलासा गरेका हुन् । शनिबार काठमाडौँमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला […]

सरकारसँग स्पष्ट बहुमत छ : महरा

भक्तपुर, २३ बैशाख २०८० । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग स्पष्ट बहुमत रहेको बताएका छन् । शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले सरकार संग स्पष्ट बहुमत रहेको बताएका हुन् । ”रास्वापाले समर्थन फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन” महराले भने । […]

भक्तपुर बहुमुखी क्याम्पसको उप-सभापति मा जतन अधिकारी

बैसाख २० ।  भक्तपुर बहुमुखी क्यामपसको स्ववियु निर्वाचन चैत्र ५ गते भएको थियो । गठबंधन बाट नेविसंघ , अनेरास्ववियु र अखिल क्रान्तिकारी को प्रतिस्पर्धिमा नेक्रावी संघ रहेको थियो । चुनावमा प्रत्यक्ष तर्फ पुरै प्यानल नै गठबंधनले जितेको थियो भने समानुपातिक तर्फ चार वटै संघसंगठनले सिट पाएका थिए । चुनाव सकिएको महिना दिन सकिदा पनि विभिन्न […]

मुस्ताङमा चोरी भक्तपुरमा पक्राउ

भक्तपुर, १९ बैशाख २०८० मुस्ताङमा चोरी गरी फरार रहेको अभियोगमा एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् । मुस्ताङको वारागुङ गाउँपालिका-१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा उनलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका-२ लामाटोल स्थायी ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् । गत पुस […]