मुस्ताङमा चोरी भक्तपुरमा पक्राउ

भक्तपुर, १९ बैशाख २०८०

मुस्ताङमा चोरी गरी फरार रहेको अभियोगमा एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् । मुस्ताङको वारागुङ गाउँपालिका-१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा उनलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका-२ लामाटोल स्थायी ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् ।

गत पुस १२ गते मुस्ताङको वारागुङ गाउँपालिका-१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरी राजकुमार फरार रहेका प्रहरीको भनाइ छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका-५ जगातिबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको प्रहरीले जनाएको छ ।

Loading...