भक्तपुर बहुमुखी क्याम्पसको उप-सभापति मा जतन अधिकारी

बैसाख २० ।  भक्तपुर बहुमुखी क्यामपसको स्ववियु निर्वाचन चैत्र ५ गते भएको थियो । गठबंधन बाट नेविसंघ , अनेरास्ववियु र अखिल क्रान्तिकारी को प्रतिस्पर्धिमा नेक्रावी संघ रहेको थियो । चुनावमा प्रत्यक्ष तर्फ पुरै प्यानल नै गठबंधनले जितेको थियो भने समानुपातिक तर्फ चार वटै संघसंगठनले सिट पाएका थिए ।

जतन अधिकारी

चुनाव सकिएको महिना दिन सकिदा पनि विभिन्न विवादहरु ले समानुपातिक तर्फको उप सभापति र सहसचिवको भने टुंगो लागेको थिएन । बैसाख २० गते को दिन सर्बदलिय बैठक राखेर मात्रै उप सभापति र सह सचिव को टुंगो लगाइएको छ । उपसभापति मा अनेरास्ववियु को Bsc. CSIT 4th सेमेस्टरका जतन अधिकारी र सह सचिव मा अखिल (क्रान्तिकारी ) का मास बहादुर लामालाई मनोनित गरिने निर्णय गरिएको छ । सपथ ग्रहणको कार्यक्रम बैसाख २२ गते आइतबारको दिनलाई तोकिएको छ ।

मास बहादुर लामा
Loading...