यातायातका उपसचिव अख्तियारको फन्दामा, स्वर्गीय आमालाई समेत प्रतिवादी

 काठमाडौं १४ बैशाख २०८० । यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) सुकेधारा, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराई अख्तियारको फन्दामा परेका छन् । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेको हो ।

उजुरी उपर अनुसन्धान हुँदा भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३८ साउन १ गतेदेखि मिति २०७५ मंसिर मसान्तसम्मको अवधिमा १ करोड १५ लाख २९ हजार १ सय ९३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको ठहर छ । भट्टराईले अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको र स्रोत नखुलेको सम्पत्ति पुष्टि हुन आएको हुँदा बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति जफतका लागि भन्दै उनकी पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक र छोरी प्रेरिकाका साथै स्वर्गीय आमालाई समेत प्रतिवादी बनाइ बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

Loading...