निरन्जना माविको ६३औं वार्षिकोत्सव सप्पन्न 

श्रेया तिवारी, नुवाकोट १८ बैशाख २०८० । नुवाकोट जिल्लाको बेल्कोट्गढी नगरपालिका वडा नम्बर १० को ऐतिहासिक गढिमा अवस्थित निरन्जना माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव तथा अभिभावक  दिवस सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका आर्थिक बिकास तथा योजना मन्त्री बहादुर सिंह लामाको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री लामाले विद्यालय शिक्षाको मन्दिर भएकोले यसमा राजनीति घुसाउनु नहुने बताए । बिकासलाई भोट संग दाज्नु नहुने उनको भनाइ छ । विद्यालयको बिकासमा सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिदै उनले आफू र प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत प्रकट गरेका छन् ।
 
विद्यालय यो स्थानमा आइपुगेको इतिहास स्मरण गर्दै बक्ताहरुले यसमा गाउँका आग्रजहरुको महत्त्वपूर्ण योगदान रहेको कुरा व्यक्त गरेका थिए । देउसी भैलो खेलेर संकलन गरिएको रकमले सुरु भएको विद्यालय आज यति विकसित भयो भन्दै आभिभाबक हरु तथा शिक्षक हरुले थप राम्रो गर्न आपसी सहयोग र समन्वय अझ बढाउने बताए । आभिभावकहरुले सहरका बोर्डिङ्ग स्कुलमा बढाउन जैलाने ट्रेन्ड भत्काउने गरि विद्यालयले अझै बिकास गर्नुपर्ने र अभिभावकको बिश्वास जित्न सक्नुपर्ने बक्ताहरुले आवश्यकता समेतऔल्याएका छन् । कार्यक्रममा नगर प्रमुख ,उपप्रमुख , प्रदेश योजना आयोगका सदस्य लागयातले मन्तब्य दिएका थिए भने आभिभाबक तथा गाउँका अग्रज एवं  शिक्षक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
                                                                               
उक्त अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक र सहयोगीलाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।
Loading...