असार १५, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ। शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल […]
Author: Nonstop Khabar
शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम यस्तो
आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका हुन् । बुधवार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेको १४ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर […]
अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान
काठमाण्डौं, ६ असार । गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले संघले सन् २०२१ देखि प्रत्येक वर्ष दुई लाख राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । […]
बालकृष्ण र टोपबहादुर मुखामुख गर्छन्, तर खासखुस सुनिदैन
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ आरोपीमध्ये दुई उच्च राजनीतिक नेता पनि छन् । एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझी र कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण । यी दुई फरक दलका उच्च राजनीतिक नेता भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले प्रहरी हिरासतमा छन् । बालकृष्ण बैशाख २७ मा […]
पत्रकार महासंघ भक्तपुरमा आवेदन दिएका ३७ मध्ये ७ सिफारिस
नेपाल पत्रकार महासंघले देशव्यापीरुपमा चलाएको सदस्यता शुद्धीकरण अभियानको प्रभाव भक्तपुर शाखामा पनि परेको छ । नयाँ सदस्यका लागि परेको ३७ जनाको आवेदन उपर कठोर निर्णय गर्दै शाखाले ७ जनालाई मात्र सदस्यताको लागि नाम सिफारिस गरेको हो । महासंघको मंगलवार बसेको बैठकले जिल्लामा सदस्यताका लागि आवेदन दिएका ३७ जना मध्ये महासंघको विधान, सदस्यता शुद्धिकरण मापदण्ड २०७९ […]
ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुला
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पुन: अध्यक्ष बन्न बाटो खुलेको छ । पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद हटाउने निर्णय गराउन सफल ओलीले आफ्नो लागि अध्यक्ष पद सुरक्षित गरेका छन् । पार्टीको सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाउने निर्णय लिएको एक पदाधिकारीले पुष्टि गरेका हुन् । यद्यपी, यसलाई पार्टीको केन्द्रीय समिति […]
राष्ट्रिय योजना आयोगले पायो पूर्णता
काठमाडौं । नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ। नवनियुक्त सदस्य ढुंगानाले आज आयोगका उपाध्यक्ष डा मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिए। यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको महिला सदस्यका रुपमा ढुंगानालाई नियुक्त गरेको थियो। सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुंगानासँग संयुक्त राष्ट्रसंघीय […]
विराटनगरसम्म सिधै कार्गाे रेल, ढुवानी लागत २५ प्रतिशत सस्तो
भारतको विशाखापट्नमबाट नेपालको विराटनगरसम्म रेल कार्गाे सिधै आउँदा ढुवानी लागत २५ प्रतिशत सस्तो हुने भएको छ । हालै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा व्रmममा भएको नेपाल–भारत पारवहन सन्धिको पुनरवलोकनसँगै नेपालको विराटनगरसम्म रेल आउँदा ढुवानी लागत बचत हुने भएको हो । यसअघि विशाखापट्नमबाट वीरगन्ज सुक्खा बन्दरगाहसम्म मात्र रेल आउने गरेको थियो । यस्तै […]
पनौतीमा केरा खाने तथा घुम किन्ने जात्रा
काभ्रे, २२ जेठ २०८० काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष ज्येष्ठ शुक्ल द्वादशीदेखि असार कृष्ण तृतीयाको दिनसम्म चल्ने पनौती जात्रा (ज्याः पुन्ही) सम्पन्न भएको छ । जात्राको अन्तिम दिन आइतबार पनौतीस्थित लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा सम्पन्न गरियो । पार्वतीले ६४ योगिनीको रूप धारण गरी भगवान् महादेवलाई लखेटेको र महादेवले […]
भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कविता लुइँटेल नियुक्त
भक्तपुर, २१ जेठ २०८० सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित विषयको सह प्राध्यापक हुन् । […]











