ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुला

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पुन: अध्यक्ष बन्न बाटो खुलेको छ । पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद हटाउने निर्णय गराउन सफल ओलीले आफ्नो लागि अध्यक्ष पद सुरक्षित गरेका छन् ।

पार्टीको सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाउने निर्णय लिएको एक पदाधिकारीले पुष्टि गरेका हुन् । यद्यपी, यसलाई पार्टीको केन्द्रीय समिति र महाधिवेशनमा लगेर पारित गराउन भने बाँकी रहेको उनको भनाइ छ ।

सचिवालयले उमेरहद हटाउने निर्णय गरेसँगै अब अध्यक्ष केपी ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ । त्यस्तै एमालेका अहिलेका धेरैजसो पदाधिकारीलाई फेरि एमालेको नेतृत्वमै रहन पाउने गरी बाटो खुल्ला गरिएको छ ।

Loading...