१७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

 सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट सो भन्दा ४१ अर्व ८३ करोड कम हो ।

चालुतर्फ  ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ  ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत बजेट विनियोजन गारिएको अर्थमन्त्री महतले बताएका छन् ।

उनले  खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी रहेको बताए ।

हेर्नुस् बजेटको पूर्ण पाठ

 

६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य 

Loading...