मन्दिर मा पनि भ्रष्टाचार भयो : अख्तियार

आकाश गजुरेल , जेठ १२ ,तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ज्युले पशुपतिनाथको दर्शन गरी मन्दिरमा सुनको जलहरी राख्न निर्देशन दिनुभएको थियो । कोषले १ सय ८ केजी सुनको जलहरी राख्ने प्रक्रिया अघि बढायो । त्यसको सबै तजबिजी तत्कालीन सदस्यसचिव मिलन कुमार थापाले मिलाएका थिए । त्यसपछि जलहरी निर्माणको काम अघि बढाइएको थियो र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुनको जलहरी उद्घाटन गरेका थिए ।

जलहरी बनाउनकै लागि कोषले राष्ट्र बैंकबाट करिब १ सय ३ केजी सुन खरिद गरेका थिए । २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउन त्यसमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी राखिएको अभिलेख छ । त्योसहित २२ क्यारेटको १ सय ८ केजी सुनको जलहरी तयार पारियो तर कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८ सय २२ ग्राम भएको मुचुल्का उठाइएको छ ।

बाँकी रहेको करिब ११ केजी सुनको हिसाब गोलमाल भएपछि अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अघि बढेको प्रारम्भिक अनुसन्धानमा जलहरी निर्माणमा अनियमितता भेटिएपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको थिए ।

माननीय लेखनाथ दाहाल ज्युले उक्त विषय सदनमा उठाएको हो ।

Loading...