सरकारसँग स्पष्ट बहुमत छ : महरा

भक्तपुर, २३ बैशाख २०८० । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग स्पष्ट बहुमत रहेको बताएका छन् । शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले सरकार संग स्पष्ट बहुमत रहेको बताएका हुन् । ”रास्वापाले समर्थन फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन” महराले भने । […]

भक्तपुर बहुमुखी क्याम्पसको उप-सभापति मा जतन अधिकारी

बैसाख २० ।  भक्तपुर बहुमुखी क्यामपसको स्ववियु निर्वाचन चैत्र ५ गते भएको थियो । गठबंधन बाट नेविसंघ , अनेरास्ववियु र अखिल क्रान्तिकारी को प्रतिस्पर्धिमा नेक्रावी संघ रहेको थियो । चुनावमा प्रत्यक्ष तर्फ पुरै प्यानल नै गठबंधनले जितेको थियो भने समानुपातिक तर्फ चार वटै संघसंगठनले सिट पाएका थिए । चुनाव सकिएको महिना दिन सकिदा पनि विभिन्न […]

मुस्ताङमा चोरी भक्तपुरमा पक्राउ

भक्तपुर, १९ बैशाख २०८० मुस्ताङमा चोरी गरी फरार रहेको अभियोगमा एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् । मुस्ताङको वारागुङ गाउँपालिका-१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा उनलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका-२ लामाटोल स्थायी ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् । गत पुस […]

यातायातका उपसचिव अख्तियारको फन्दामा, स्वर्गीय आमालाई समेत प्रतिवादी

 काठमाडौं १४ बैशाख २०८० । यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) सुकेधारा, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराई अख्तियारको फन्दामा परेका छन् । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेको हो । उजुरी उपर अनुसन्धान हुँदा भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३८ साउन १ गतेदेखि मिति २०७५ मंसिर […]

निरन्जना माविको ६३औं वार्षिकोत्सव सप्पन्न 

श्रेया तिवारी, नुवाकोट १८ बैशाख २०८० । नुवाकोट जिल्लाको बेल्कोट्गढी नगरपालिका वडा नम्बर १० को ऐतिहासिक गढिमा अवस्थित निरन्जना माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव तथा अभिभावक  दिवस सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका आर्थिक बिकास तथा योजना मन्त्री बहादुर सिंह लामाको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री […]

भक्तपुरमा सवारी चालक अनुमती पत्र सम्बन्धी बिहानी सेवा शुरु

आकाश गजुरेल । भक्तपुर, १० बैशाख २०८० । सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था कार्यालयले सेवा शुरु गरेको हो । आइतवार बागमती प्रदेश सरकारका मुख्य सचिव […]

सरकारले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गरिछाड्छ : उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ

krishna sen narayankaji

काठमाडौं, ९ बैशाख २०८० । उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी छाड्ने जानकारी गराएका छन् । शान्ति प्रक्रिया पूरा नहुँदा प्रतिक्रियाबादीको चलखेल बढेको बताउँदै उनले सो जानकारी गराएका हुन् । शनिवार प्रेस सेन्टर उपत्यका प्रदेशको साधारण सभालाई अनामनगरमा सम्बोधन गर्दै उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले संविधानसभाबाट संविधान […]

लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज, छानविन समिति गठन गर्ने निर्णय

रास्वपाका सभापति समेत रहेका तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको एक मन्त्री स्तरीय निर्णयलाई प्रचण्ड नेतृत्वको सरकारले खारेज गर्ने निर्णय गरेको छ । उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गर्न मन्त्री परिषद्मा पेश गरेपछि सो निर्णय खारेज भएको हो । सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले तत्कालीन […]

जग्गाको कित्ताकाट खुला : आर्थिक गतिबिधि चलायमान हुने र राजश्व बढ्ने अपेक्षा

काठमाडौं , ५ बैशाख २०८० । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा […]

TU ले पाउनु मात्र पर्छ १ वर्षमा दिन्छ ३६६ दिन बिदा ( कठै मेरो शिक्षा प्रणाली )

  आकाश गजुरेल, भक्तपुर, ५ बैशाख । कुनै पनि विद्यार्थी क्याम्पस किन जान्छ ? के पाउनलाई जान्छ ? परिक्षामा राम्रो अङ्क लेराउने उदेश्य मात्रै हो त शिक्षा प्रणालीको ? १ वर्ष मा ३ सय ६५ दिन हुने गर्दछ । यो १ वर्षमा दशै, तिहार, छठ , तिज, जात्रा , लोसार , इद, क्रिसमस इत्यादी चाडहरु […]