भारतमा रेल दुर्घटना हुँदा ६ को मृत्यु, १०० घाइते

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ को मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । उक्त रेल दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको थियो । स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे उक्त रेल दुर्घटना भएको थियो ।

यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।

Loading...