अरनिको राजमार्गमा बिभत्स दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै गयो ज्यान

आइतवार काभ्रेको पाँचखालस्थित अरनिको राजमार्गमा भएको दुर्घटना परि मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । पाँचखाल न.पा.६ चामुण्डा पेट्रोल पम्प स्थित अरनिको राजमार्ग सडक खण्डमा साँझ पौने ७ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

ज्यान गुमाउनेमा पाँचखालबाट धुलिखेल तर्फ जादै गरेको बा ७२ प ९७६२ नं. को मोटरसाइकल चालक ५० वर्षीय स्थानीय नारायण तिमल्सिना रहेका छन् । बिपरित दिशाबाट आउदै गरेको बा. प्र.०२-०२४ प २५०१ नं. को स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाई तिमल्सिना लडेका र पांचखालबाट धुलिखेल तर्फ आउदै गरेको बा.प्र.०१-००४क २३२८ नं. को टिफरले तिमल्सिनालाई कुल्चदा उनको घटनास्थलमा नै ज्यान गएको प्रत्यक्षदर्शीलाई उत्घ्रित गर्दै काभ्रे प्रहरीका सूचना अधिकारी समेत रहेका डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् ।

टिपरको लापरवाहीले स्थानीय तिमल्सिनाले बिभत्स मृत्यु बेहोर्नु परेको भन्दै स्थानीयले अरनिको राजमार्ग बन्द गराएका थिए । राति १२ बजे नै राजमार्ग सुचारु गराइएको जिप्रका काभ्रेले जनाएको छ ।

स्कुटर चालक सिन्धुपाल्चोकको लिसङखु पाखर गा.पा. ४ बस्ने बर्ष २१ को पेम्बा छिरिङ लामाको देब्रे हातमा सामान्य चोट रहेको छ भने टिपर चालक पाँचखाल न.पा. ३ बस्ने बर्ष ३० को रितेश दनुवार प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Loading...