सर्लाहीबाट आएको हायसमा लागूऔषध फेला, चारजना पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल–९ स्थित बीपी राजमार्गमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३-००१ ज ०७७३ नम्बरको हायस गाडी चेकजाँचका क्रममा प्रहरी टोलीले गाडीको छतमा लुकाई राखिएको अवस्थामा २० हजार ९ सय ४० क्याप्सुल Tramadol, २ हजार ९ सय ५० ट्याबलेट नाइट्राजेपाम, Diazepam, Buprenorphine र Phenergan गरी ५३/५३ एम्पुल इन्जेक्सन बरामद गरेको हो।

पक्राउ पर्नेमा खोटाङका हेल कुमार परियार, रामेछापका रुपेश भुजेल, सर्लाहीका लालबाबु कापर र राजेश यादव छन्।

लागुऔषध र गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जनाएका छन् ।