प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ : स्वकीय सचिव मल्ल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । छातीमा समस्या देखिएपछि चेक जाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री प्रचण्डको स्वास्थ्यमा कुनै खराबी नदेखिएको हो ।

मंगलवार साँझ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका उनको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको उनका स्वकीय सचिव रमेश मल्लले जनाएका हुन् । निजी चिकित्सक डा. युवराज शर्माको सल्लाह अनुसार चेकजाँचका लागि उनी नर्भिक अस्पताल गएका बताइएको छ ।

”अहिले उहाँकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ र आज नै निवास फर्किनु हुनेछ।” स्वकीय सचिव मल्लले भने ।

Loading...