बिपी हाइवेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको गयो ज्यान

दिउँसो करिब  १ बजेको समयमा काभ्रेको रोशी गा.पा ११ माम्दी स्थित बि.पि राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  सिन्धुली तर्फ जादै गरेको बा ९६ प ९२६१ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।                                                                                  ज्यान गुमाउनेमा काभ्रेकै बनेपा न.पा. १० जनागाल बस्ने वर्ष २५ को सर्वेश्वर हुमागाई रहेका डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् छन् । प्रहरीका अनुसार  घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाइएकोमा उपचारको क्रममा करिब सबा २ बजेको समयमा डाक्टरले हुमागाइलाई मृत घोषणा गरेका हुन् ।                                                     मोटरसाइकल आफै अनियन्त्रित भई बाटोमा रहेको बायाँ साईडको डिभाईडरमा ठोकिन गई नालिमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 
Loading...