पुष ४, काठमाडौँ – १८ औ ज्यापू दिवसको अवसरमा काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्य तथा उप-मेयर हरि प्रभा खड्गी श्रेष्ठ सम्मानित हुनु भएको छ l काठमाडौँ महानगर पालिकाले नेपाल भाषा पाठ्यक्रम प्रकाशन गरि नेपाल भाषालाइ बिद्यालय स्तरमा अध्यापन गराउन बिशेष भूमिका निर्वाह गरि भाषा बिकासमा अतुलनीय योगदानमा दिएकोबापत प्रधान मन्त्री शेर बहादुर देउवा […]
Author: ननस्टप संवाददाता
कोरोनाविरूद्धको खोप १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई आजबाट लगाइँदै
४ पुस, काठमाडौं । सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गतेसम्म विद्यार्थीलाई लगाइने मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले जानकारी दिइन् । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, […]
कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी शशांक कोइरालाको अग्रता, आजै नतिजा आउने
पुष ४, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना अहिले पनि जारी छ । हिजोबाट सुरु भएको मतगणना अहिले पनि निरन्तर चलिरहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा १५८९ मत गन्दा डा. शशांक कोइरालाले अग्रता कायमै छ । कोइराला १३१३ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । दोस्रो […]
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
४ पुस, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठक अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले) […]
यःमरि पुन्हि,उद्यौली र फगुईलाई किसान दिवसको रुपमा मनाउनु पर्ने
पदम श्रेष्ठ – लेखक तथा इतिहास खोज कर्ता यःमरि च्वामू उके दुने हाम्व, बिउसा ल्यासे मब्युसाःबुरिकुती, त्यःछिं त्यः, वकःछिं त्यः, लाटापाटा कुलिंच्यो जुछीं त्यः, यःमरि च्वामू……. .भन्दै देउसी–भैलो मागेजस्तै मागेर यःमरि खाने नेवार प्राचीनतालाई निरन्तरता दिदै ज्यापु समाज यलले आईतवार सास्कृतिक कार्यक्रमका साथ योम्हरी पर्व मनाईयो । प्रेम, दया, करुणाको भावनात्मक पर्व यःमरि पून्हीमा आपसी […]
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना शुरू
पुष ४,काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना शुरू भएको छ। केन्द्रीय निर्वाचन समितिले जनाए अनुसार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा खुला तर्फका केन्द्रीय सदस्यको मतगणना शुरूको भएको छ। खुलातर्फका ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन्। पिछडिएको क्षेत्रतर्फ बझाङका अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले २५७७ मत प्राप्त गरे […]
काठमाडौँको तापक्रम यो वर्ष कै सबैभन्दा कम ३ डिग्री मापन
पुष ३,काठमाडौँ। काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्रीमा झरेको छ। शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको तापक्रम यो बर्ष कै सबैभन्दा कम बिहिबार ३ डिग्रीमा झरेको थियो। जुम्ला नेपालको सबैभन्दा बढी चिसो न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम […]
एमसीसीको विषयमा सत्ता गठबन्धन दलहरूबीच कुनै पनि मतभेद छैन : अध्क्षय नेपाल
पुष ३,नेपालगञ्ज। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धन दलहरूबीच कुनै पनि मतभेद नभएको बताउनु भएको छ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको पहिलो लुम्बिनी प्रदेशस्तरीय सम्मेलनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “एमसीसीको नाममा गठबन्धन भत्काउने सपना कसैले देखेको छ भने त्यो कुनै पनि हालतमा पूरा हुँदैन। […]
नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी निलम्बित,छानविन गर्न समिति गठन
पुष २,काठमाडौँ । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी निलम्वित भएका छन्। बोर्ड सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँ माथि छानविन गर्न समिति गठन गरि उहालाई निलम्बन गरेका हुन् । यसै गरि संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव तथा बोर्ड सञ्चालक समितिका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम […]
ज्ञानेन्द्रसँग प्रचण्डले पाँच बुँदे सहमति गरेको भनेर अध्यक्ष ओलीले झुटो कुरा गरेको हो। : शिक्षामन्त्री पौडेल
पुस २ भैरवा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालीन राजा ज्ञानेन्द्रसँग प्रचण्डले पाँच बुँदे सहमति गरेको भनेर अध्यक्ष ओलीले झुटो कुरा गरेको बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल इकाइ समिति कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस, रुपन्देहीले शुक्रबार आयोजना गरेको उत्कृष्ट विद्यार्थी सम्मान एवं सांस्कृतिक कार्यक्रमलाई […]











