नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी निलम्बित,छानविन गर्न समिति गठन

पुष २,काठमाडौँ । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी निलम्वित भएका छन्। बोर्ड सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँ माथि छानविन गर्न समिति गठन गरि उहालाई निलम्बन गरेका हुन्  ।
यसै गरि संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव तथा बोर्ड सञ्चालक समितिका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । रेग्मी २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त हुनु भएकाे थियाे । रेग्मीले त्रिभूवन अन्तरराष्ट्रिय बिमानस्थलमा अध्यागमनका कर्मचारीमाथि दुव्र्यवहार गरेपछि यस बिषयमा स्पष्टीकरण सोधिएको थियो ।

Loading...