एमसीसीको विषयमा सत्ता गठबन्धन दलहरूबीच कुनै पनि मतभेद छैन : अध्क्षय नेपाल

पुष ३,नेपालगञ्ज। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धन दलहरूबीच कुनै पनि मतभेद नभएको बताउनु भएको छ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको पहिलो लुम्बिनी प्रदेशस्तरीय सम्मेलनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “एमसीसीको नाममा गठबन्धन भत्काउने सपना कसैले देखेको छ भने त्यो कुनै पनि हालतमा पूरा हुँदैन। गठबन्धनमा रहेका सबै दलहरूबीच राष्ट्र हितमा रहेका कुनै पनि सम्झौता र योजनालाई स्वीकार गर्ने र देश हितमा नरहेका कुनै पनि सम्झौता र योजनालाई अस्वीकार गर्ने सहमति बनेको छ। ”
दलहरूबीच एमसीसीबारेमा छलफल चलिरहेको जनाउँदै त्यसमा कुनै कमी कमजोरी छन् भने ती कमी कमजोरी सच्याउनुपर्ने आफूहरूको धारणा रहेको पूर्वप्रधानमन्त्री नेपालले स्पष्ट पार्नु भयो ।

Loading...