काठमाडौँको तापक्रम यो वर्ष कै सबैभन्दा कम ३ डिग्री मापन

पुष ३,काठमाडौँ। काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्रीमा झरेको छ। शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको तापक्रम यो बर्ष कै सबैभन्दा कम बिहिबार ३ डिग्रीमा झरेको थियो।
जुम्ला नेपालको सबैभन्दा बढी चिसो न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविदले बताएका छन् ।

 

Loading...